खुकुलो मौद्रिक नीतिको बेला भएको छैन : आईएमएफ
खुकुलो मौद्रिक नीतिको बेला भएको छैन : आईएमएफ

काठमाडौँ — नेपालमा खुकुलो मौद्रिक नीति बनाउने समय भइनसकेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति बनाउने बेला भइनसकेको कोषको दाबी छ ।

विश्वबजारमा आर्थिक संक्रमणको जोखिम कायमै रहेको, मूल्यवृद्धि राष्ट्र बैंकले इंगित गरेको भन्दा धेरै रहेकोलगायत कारण पनि मौद्रिक नीति लचिलो बनाउन नहुने कोषको धारणा छ ।

‘कुनै पनि निर्णय तथ्यांकमा आधारित भएर गर्नुपर्छ, अहिले नेपालको आयात क्रमिक रूपमा बढिरहेको छ, मूल्य वृद्धि पनि उच्च दरमै छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा आईएमएफका डिभिजन डेपुटी चिफ टुरुनेन जार्कवले भने, ‘अहिले बाह्य जोखिम कायमै रहेकाले पनि तत्कालै खुकुलो मौद्रिक नीति ल्याउनुहुँदैन ।’ राष्ट्र बैंकले स्वायत्त निकायका रूपमा काम गर्न नपाइरहेको समेत कोषले बताएको छ ।

अझै पनि नेपालमा वित्तीय स्पेस धेरै रहेको कोषको भनाइ छ । यसका लागि अनावश्यक खर्च घटाउने र आवश्यक खर्च बढाउनुपर्ने कोषको सुझाव छ । अर्थतन्त्रको संरचनात्मक सुधारका लागि कडा निर्णय गर्न पनि सरकारपछि हट्न नहुने कोषले बताएको छ । अहिले राजस्वमा आयातको योगदान ठूलो भए पनि आईएमएफले दिइरहेको विस्तारित कर्जा सविधाअन्तर्गत यसको भार कम गराउन सहयोग पुग्ने कोषको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेट उच्च गुणस्तरका पूर्वाधार आयोजना र सबैभन्दा धेरै प्रभावित वर्गमा खर्च गर्नुपर्नेमा पनि कोषले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...