— केभिन डे ब्रुएनाको उत्कृष्ट गोलको मद्दतले म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार रियल म्याड्रिडको घरमा १–१ को बराबरी हात पारेको छ । डिफेन्डिङ च्याम्पियन रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएको थियो ।
बर्नाबाउमा भएको खेलमा पेप ग्वार्डिओलाका लागि डे ब्रुएनाले बराबरी गोल फर्काए । अब अर्को साता सिटीको घरेलु मैदानमा दोस्रो लेगको सेमिफाइनल हुनेछ । अहिलेको स्थिति भने बराबरीको रहेको छ ।
कीर्तिमान १४ पल्टको युरोपेली च्याम्पियनले पछिल्लो सिजन सेमिफाइनल चरणमै सिटीलाई हराएर उपाधि जितेको थियो । बुधबारका अर्को सेमिफाइनल पहिलो लेगमा एसी मिलानले इन्टर मिलानको सामना गर्दैछ ।