पाल्पामा राष्ट्रिय ‘बिच भलिबल’ सुरु
पाल्पामा राष्ट्रिय ‘बिच भलिबल’ सुरु

पाल्पा — पर्यटकीय स्थल रानीमहलमा बिहीबारबाट सुरु भएको राष्ट्रिय बिच भलिबलमा त्रिभुवन आर्मी, गण्डकी र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । उद्घाटन खेलमा त्रिुभवन आर्मी विजयी भएको छ । उसले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो ।

त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई २१–१५ र २१–११ को सेटमा पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले आयोजक टिमालाई सोझो सेटमा हराएको छ ।

गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकालेको हो । तेस्रो खेलमा सुदूरपश्चिम मैदानमा उपस्थिति हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकीले वाग्मतीमाथि २१–१६ र २१–१५ को सेटमा जित निकालेको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा सुरु प्रतियोगितामा कोशीबाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् । प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरे । नगरप्रमुख श्रेष्ठ र बगनासकाली गाउापालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धतासमेत जनाए । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले सबैको सहयोग हुने हो भने प्रतियोगिताले निरन्तरता पाउने बताए ।

अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो । दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लगानी गर्ने बताएका छन् । बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाासहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाासहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाासहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाा प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...