जेठमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको घट्ने
जेठमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको घट्ने

काठमाडौँ — जेठ महिनामा कर्जाको ब्याजदर घटे पनि निक्षेपको स्थिर रहने भएको छ । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । संघको कार्यकारी समितिको बैठकले जेठमा निक्षेपको ब्याजदर नबढाउने/नघटाउने निर्णय गरे पनि अरु सदस्य बैंकहरुबाट राय लिन बाँकी छ ।

‘शुक्रबार बिहानसम्म सबै बैंकहरुको राय आइसक्छ । त्यसपछि मात्र संघले औपचारिक धारणा बनाउनेछ,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘ब्याजदर घट्दो क्रममा रहेकाले जेठमा निक्षेपको दर घटाउने सम्भावना छैन ।’ गत वर्ष महँगो दरमा लिएको मुद्दती निक्षेपको ठूलो हिस्सा अहिले परिपक्व हुँदै छ । त्यसपछि स्वत बैंकहरुको आधार दर घट्ने र त्यसले समग्र ब्याजदरमा कमी ल्याउने भएकाले अहिले निक्षेपको दर स्थिर राख्ने सहमति भएको उनले बताए ।

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए ।

निक्षेपको ब्याजर स्थिर रहेपनि जेठदेखि कर्जाको ब्याजदर घट्ने छ । पछिल्ला महिनामा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको र हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठदेखि ब्याजदर थप घट्ने बैंकर बताउँछन् । जेठदेखि नयाँ कर्जाको ब्याजदर करिब १ प्रतिशत विन्दु र पुरानाको करिब ०.५ प्रतिशत विन्दुका दरले घट्ने देखिएको एक बैंकरले बताए । हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ । यहीं वैशाखदेखि लागू हुनेगरी बैंकहरूले निक्षेपको ब्याजदर लगभग एक प्रतिशत विन्दुका दरले घटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...