नेपाल आउन लागेका अस्ट्रेलियाका सहायक विदेशमन्त्री भन्छन्- ‘लामो सम्बन्धको उत्सव मनाउनेछौं’
नेपाल आउन लागेका अस्ट्रेलियाका सहायक विदेशमन्त्री भन्छन्- ‘लामो सम्बन्धको उत्सव मनाउनेछौं’

— नेपाल आउन लागेका अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले दुई देशका जनताबीचको लामो सम्बन्धको उत्सव मनाउने बताएका छन् ।वाट्सले दक्षिण एसियाका मुलुकहरू बंगलादेश, भुटान, नेपाल र भारत भ्रमण गर्दै छन् । यहि अवसरमा उनले जेठ २ र ३ गते नेपालको दुईदिने औपचारिक भ्रमण गर्नेछन् ।


‘हामीले शिक्षा र हाम्रा दुई देशका जनताबीचको लामो सम्बन्धको उत्सव मनाउनेछौं । नेपाल अस्ट्रेलियाका लागि तेस्रो ठूलो अन्तर्राष्ट्रिय विद्यार्थीको स्रोतको रुपमा रहेको छ,’ भ्रमणअघि आफ्ना भनाइ राख्दै सहायक विदेशमन्त्री वाट्सले भनेका छन् । काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासबाट प्राप्त सहायक विदेशमन्त्री वाट्सको भनाइअनुसार उनले यो भ्रमणले अस्ट्रेलिया र अन्य मुलुकहरूबीचको द्विपक्षीय सम्बन्धहरुलाई सबल बनाउने उल्लेख गरेका छन् ।

‘हामी हाम्रो समान सामरिक स्वार्थ र अस्ट्रेलियाको व्यापार र लगानीका सम्बन्धबारे छलफल गर्नेछौं । यो भ्रमणले हाम्रा द्विपक्षीय राष्ट्रहरूमा जनस्तरका सम्बन्धहरू थप मजबुत बनाउने अवसर प्रदान गर्नेछ,’ उनको भनाइ छ ।

सहायक विदेशमन्त्री वाट्स शुक्रबारबाट बंगलादेशमा हुने छैटौं हिन्द महासागर सम्मेलनमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् । उक्त सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद जाँदै छन् ।

बंगलादेशपछि भुटान जाने वाट्स थिम्पुबाट काठमाडौंमा उत्रिने बताइएको छ । त्यसपछि उनी नयाँ दिल्ली हुँदै फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...