दक्षिण कोरियामा रहेका लिम्बूहरूले सिरिजंगा लिपि सिक्ने
दक्षिण कोरियामा रहेका लिम्बूहरूले सिरिजंगा लिपि सिक्ने

सोल, दक्षिण कोरिया — दक्षिण कोरियामा रहेका लिम्बूहरूले हराउादै गएको आफ्नो भाषालाई संरक्षण गर्नका लागि सिरिजंगा लिपि सिक्ने भएका छन् । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे २१ देखि हरेक आइतबार अनलाइनमार्फत कार्यक्रम गर्न लागेको हो ।


तीन महिनासम्म चल्ने भाषा प्रशिक्षणमा सिरिजिङ्गा लिपिको आधारभूत ज्ञान लिन सक्ने बताइएको छ । ‘हामीले यो प्रशिक्षण संसारभर बसेर लिम्बूहरूको सिरिजंगा लिपि सिक्न चाहने सबैलाई प्रशिक्षणको व्यवस्था गर्न लागेका हौं । यो हाम्रो भाषाको लिपिको संरक्षण गर्ने बलियो तरिका पनि हो,’ किराात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्वा लिम्बूले भने ।

‘लिम्बू भाषा बोल्न सक्ने धेरै छन् । आफ्नो लिपिमा लेख्न सक्ने कम छन् । अहिले टेक्नोलोजीको जमानामा आफ्नो संस्कार संस्कृतिप्रति इच्छुकले जहाा बसेर पनि सिक्न सक्ने अवस्था छ । यो प्रशिक्षण हाम्रो संस्कार, संस्कृति र भाषा सिक्ने अवसर पनि हो,’ उनले थपे । लिपिको प्रशिक्षण अल्पाइन विश्वविद्यालय सिक्किमका सिरिजंगा भाषाविद् प्रोफेसर कर्णहाङ ताम्लिङले गर्ने पनि आयोजक समूहले जानकारी दिएको छ ।

जुममार्फत प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको समयअनुसार हरेक आइतबार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४ः४५ देखि ६ः४५ सम्म) हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...