मुख्य समाचार
१० श्रृंखलाको ‘महाभारत’ फिल्म बनाउने राजामौलीको योजना
१० श्रृंखलाको ‘महाभारत’ फिल्म बनाउने राजामौलीको योजना

। ‘बाहुबली’ र ‘आरआरआर’जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौली लामो समयदेखि महाभारतको कथावस्तुमा फिल्म बनाउने सपना देखिरहेका छन् । केही वर्षयताका अन्तर्वार्तामा उनले यसलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउने गरेका छन् ।

अब सोच्नुहोस्, हिन्दू धर्मको मुख्य ग्रन्थ ‘महाभारत’मा उनले फिल्म बनाए भने के होला ? सायद इतिहास बन्नेछ । आफूले महाभारतको कथावस्तुमा फिल्म बनाउने योजनाअघि सारे फिल्मलाई न्याय दिने गरी १० श्रृंखलासम्म बनाउने उनले खुलासा गरे ।

पछिल्लो फिल्म ‘आरआरआर’को प्रवद्र्धनका क्रममा उनले आफ्नो मौलिक शैलीमा मौलिक महाभारतमा नयाँ ट्वीस्ट दिने र स्क्रिप्ट लेखेपछि मात्र अरु कुरा सोच्ने बताएका थिए । हालैको एक कार्यक्रममा राजामौलीले महाभारत बनाउने आफ्नो सपनाको बारेमा फेरि एकपटक कुरा गरे । उनले अहिले देशमा महाभारतका सबै संस्करण पढ्न एक वर्ष लाग्ने बताए ।

राजामौलीले भने, ‘यदि मैले महाभारत बनाउने कुरा गर्छु भने भारतमा यसको सबै संस्करण पढ्न मलाई एक वर्ष लाग्छ । हाल म केवल १० भागको फिल्म हुनेछ भनेर अनुमान गर्न सक्छु । राजामौली लामो समयदेखि २६६ एपिसोडको टिभी शो ‘महाभारत’लाई फिल्ममा परिणत गर्ने सपना देख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ । मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् । सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश ...
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...