विश्वकप छनोटको खेलले एसिया कपको तयारीलाई सहयोग गर्छ : मोन्टी देसाई
विश्वकप छनोटको खेलले एसिया कपको तयारीलाई सहयोग गर्छ : मोन्टी देसाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटको खेलले सेप्टेम्बरमा हुने एसिया कपको लागि सहयोग गर्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको युट्युब च्यानलसँगको कुराकानीमा देसाईले अहिले विश्वकप छनोटमा आफूहरु केन्द्रित रहेको पनि बताए ।

नेपालसहित १० टोलीले भारतमा हुने वान डे विश्वकपमा स्थान बनाउनका लागि जिम्बावेमा छनोट प्रतियोगिता खेल्नेछन् र जहाँ चार टेष्ट राष्ट्र र ६ एसोसिएट राष्ट्रको सहभागिता पक्का भएको छ । यसबाट शीर्ष दुई टोली मात्र विश्वकप पुग्नेछन् ।

‘अहिले हाम्रो ध्यान अर्को महिना हुने विश्वकप छनोटमा केन्द्रित छ। तर एशिया कप हाम्रो लागि ठूलो प्ल्याटफर्म हो किनभने हामीलाई थाहा छ कि हामी क्रिकेट जायन्ट्स भारत र पाकिस्तानसँग खेल्नेछौं,’ एसिया कपको लागि नेपाली टिमको तयारी र योजना बारे सोधिएको प्रश्नमा देसाईले भने ।

‘मलाई लाग्छ हामीले अहिलेसम्म खेलेका यी सबै खेलहरुको अनुभव, विश्वकप छनोटमा खेल्ने खेलहरुको अनुभवले हामीलाई एशिसया कपमा सहयोग गर्नेछ किनभने यी सबै खेल एकै फर्म्याटमा हुनेछन् ।’

विश्वकप छनोट खेलहरु जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । त्यसपछि सेप्टेम्बरमा नेपालले एसियाका पाँच टेष्ट राष्ट्रसहित ६ टोली सम्मिलित एसिया कप खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

एसिया कपमा पाकिस्तानमा हुने तालिका भए पनि भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि पाकिस्तानबाट एसिया कप सर्ने सम्भावना धेरै छ र श्रीलंकामा एसिया कप हुने सम्भावना बढेको छ ।

घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल दुई दशकपछि एसिया कपमा छनवट भएको हो । जहाँ नेपाल भारत र पाकिस्तान रहेको समूहमा परेको छ र नेपालले पहिलो पटक विश्व क्रिकेटका दुई ठूला टिमसँग खेल्ने अवसर छ ।



यसअघि २००२ मा नेपाल एसिया कपमा छनोट भए पनि भारत-पाकिस्तानबीचकै विवादमा कारण एसिया कप नै रद्द हुँदा खेल्न पाएको थिएन ।

यस्तै प्रशिक्षक देसाईले आउने केही साता नेपाली खेलाडीहरुको सीप वृद्धि गर्ने कुराको सुनिश्चित गर्न तत्पर रहेको बताएका छन् । नेपाली टोली जिम्बावेमा हुने विश्वकप छनोट खेल्न जानुअघि तयारीका लागि जुन पहिलो साता दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ ।

त्यसअघि नेपालले केही समय काठमाडैं तयारी गर्नेछ । ‘म आउँदझ केही हप्ताहरुमा खेलाडीहरुको सीप वृद्धि गर्ने कुरा सुनिश्चित गर्न तत्पर छु । हामीलाई थाहा छ कि यो निरन्तर सिकाई र निरन्तर सुधार हो । व्यक्तिगत क्रिकेटहरुको विकासका लागि पछि आउने चुनौतीहरुमा उनीहरुको सीपको प्रयोग गर्नका लागि आवश्यक छ ।’

देसाईले अहिलेसम्म प्राप्त सफलतामा मुख्य तीन कुरा महत्वपूर्ण रहेको बताए । ‘त्यसैले हामी योजनालाई पहिलो ठाउँमा राख्छौं । मलाई लाग्छ हामीले अहिलेसम्म पाएको सफलता, अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरु तीन कुरामा निरन्तर हुँदा पाएका छौं । त्यो हो योजना, तयारी र दबाबमा सीपहरुको कार्यान्वयन । त्यसैले मलाई के लाग्छ भने हामीले उही फर्मुलामा जानुपर्छ र वास्तविक खेल आउँदा ती ‘वान बल ब्याटल’हरुमा हामीसँग निरन्तरता छ भनी सुनिश्चित गर्नुपर्छ ।’

उनले अबदेखि एशिया कपसम्म खेल्ने खेलहरुमा अहिलेसम्मको अनुभवहरु लागु गरिने बताए र अहिले सोचिरहेको अवस्थाको बारेमा हुने बताए । यस्तै योजनाको एक हिस्साको रुपमा रहेको व्यावहारिक सीप अभ्यास र सीप प्रशिक्षणमा पनि अभ्यास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...