कसरी फुटबलकै पर्याय बन्दैछन् हालान्ड ?
कसरी फुटबलकै पर्याय बन्दैछन् हालान्ड ?

। नर्वेका २२ वर्षीया एर्लिङ् हालान्डले इंग्लिस प्रिमियर लिगमा गोलको वर्षा गरिरहेका छन् । सिजनका खेल बाँकी रहँदै उनी एकै सिजनमा धेरै गोल गर्ने खेलाडी बनिसकेका छन् ।

प्रिमियर लिगको ९५ वर्ष यताको इतिहास खोतल्ने हो भने एउटै सिजनमा बललाई ५० पटकभन्दा बढी जाली चुमाउने उनी दोस्रो खेलाडी हुन् ।

हालान्ड बोरोसिया डर्टमण्डबाट गत वर्षा म्यानचेस्टर सिटी आएका थिए । उनलाई क्लबमा भित्र्याउनका लागि म्यानचेस्टरले ५१ करोड २० लाख पाउण्ड खर्चेको छ ।

हालान्डले म्यानचेस्टर युनाइटेडलाई लिग अंक तालिकामा शीर्ष स्थानमा उकाल्न महत्वपूर्ण योगदान गरेका छन् ।

सुरूवाती चरणमै हालान्डले उत्कृष्ट प्रदर्शन दिइसकेका छन् ।

उनको सर्वश्रेष्ठ प्रदर्शन आउन बाँकीनै रहेकाले संभवत युरोपियन क्लबका लागि उनको व्यवस्थापन चुनौती बन्नसक्छ ।

हालान्ड कसरी उत्कृष्ट खेलाडी बन्न पुगे ?

हालान्ड सन् २००० मा लिड्समा जन्मिएका थिए । उनी म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर अलफिन्ज हालान्डका छोरा हुन् । उनको जन्मनै खेलकुदमा उत्कृष्ट प्रदर्शनको लागि भएको भान उनले दिइरहेका छन् । ५ वर्षको उमेरमै हालान्डले लङ जम्पमा विश्वक रेकर्ड बनाएका थिए । उनले १ दशमवल ६३ मिटरको दुरी नाघेका थिए ।

हालान्ड सानैदेखि खेलकुदका पारखी थिए । विद्यार्थीकालदेखिनै उनमा फुटबलप्रतिको आकर्षण थियो । उनी जाल्टान इब्राहिमोभिच, रोबिन भान पर्सी, जेमी भार्डी, मेसी र मारियो बालाटोलीका खेल खुब पछ्याउँथे ।

हालान्डका आमाबुवाले उनका दाजु एस्टलरलाई एथ्लेट बनाउने प्रयत्न गरेका थिए । सानैदेखि उनमा दबाव बढाए पनि आमाबुवाको प्रयास असफल भयो । त्यसपछि उनीहरूले हालान्डलाई कुनै दबाबमा नपार्ने नीति लिए ।

हालान्ड अहिले ६ फिट ४ इन्च छन् । किशोरावस्थाको मध्यमा हालान्डको शारीरिक विकासले गति लियो । उनको शरीर पेशेवर फुटबल खेलाडीका लागि चाहिने खालको बन्यो । शरीरको बनावट फुटबलका लागि आवश्यक पर्ने खालको भएपछि अभिभावकले उनमा कौशलको विकासमा सहयोग गरे । उनलाई मानसिक रूपमा पनि फुटबलका लागि तयार बनाइयो ।

हालान्ड भन्छन्, ‘म अहिले पनि १३ वर्षको उमेरमाझैं दौडन सक्छु ।’

हालान्डलाई तालिम दिएका प्रशिक्षक अल्फ बन्सर्टन भन्छन्, ‘मैले उनलाई ८ वर्ष प्रशिक्षण दिएँ । १३ वर्षकै उमेरमा नर्वेको राष्ट्रिय टोलीमा उनी पुग्ने संभावना मैले देखेको थिएँ । त्यतिबेलै उनमा फुटबलमा आवश्यक कौशलको विकास भएको थियो,’ उनले भने ।

हालान्डले फुटबल खेलाडीनै बन्ने छाँट देखाएपछि उनका बुवाले छोरालाई सफल बनाउनका लागि पञ्चवर्षीय रणनीतिक योजना तयार गरे। योजना अन्तर्गत उनलाई धेरैभन्दा धेरै खेल खेलाइयो ।

सन् २०१९ मा हालान्ड रेडबुल साल्जबर्गमा पुगे । त्यहाँ उनले २५ गोल गरे। उनले ४५ मिनेटमा ह्याट्रिक समेत गरेका थिए ।

त्यस क्लबाट उनी २ करोड युरोमा बोरूसिया डर्टमण्डमा पुगे । हालान्डलाई त्यसै बखत म्यानचेस्ट युनाइटेड र युभेन्टसबाट अफर आएको थियो । तर धेरै खेल्न पाउने भएकाले उनले जर्मन क्लबमा डर्टमण्ड रोजे ।

डर्टमण्डको डेब्यु म्याचमै २३ औं मिनेटमा ह्याट्रिक गरेर हालान्डले सनसनी मच्चाए । डर्टमण्डबाट ८९ खेल खेल्दा उनको नाममा ८६ गोल थियो । गत सिजनमा मात्रै उनी ५१ करोड २० लाख पाउण्डमा म्यानेचेस्टर पुगेका हुन् ।

म्यानचेस्टर सिटीसँगको सम्झौता अन्त्य हुँदा उनी २६ वर्षको हुनेछ्न् । त्यसपछि उनी स्पेनी वा इटालीका क्लबमा जानसक्ने धेरैले आकलन गरेका छन् ।



इत्तेहाद रंगशालमा हालान्डको प्रदर्शन जादुमयी छ । निकै छोटो अवधिमा उनले धेरै रेकर्ड बनाएका छन् । उनको सफलतताको श्रेय इभार हुन् । इभारले हालान्डका बुवासँग पनि काम गरेका थिए । हालान्डको डाइट देखि शारीरिक तालिम उनैले व्यवस्थापन गर्छन् ।

हालान्ड सबै हिसाबले सम्पन्न भएकाले उनको दिमाग फुटबल मात्रै छ । उनी फुटबलमा उत्कृष्ट प्रदर्शनबारे मात्रै सोच्ने इभार बताउँछन् । जतिसुकै उत्कृष्ट प्रदर्शन देखाए पनि हालान्ड आफ्नो उपलब्धिप्रति कहिल्यै सन्तुष्ट नहुने इभार बताउँछन् । हर बखत आफूलाई तिखार्ने उनको बानीकै कारण हालान्ड थप निखारिएको उनले बताए ।

म्यानेचेस्टर सिटी प्रशिक्षक मारियो पफन्डी हालान्ड घाइते नहुन् भन्नेमा सचेत देखिन्छन् । उनको शारीरिक अवस्थालाई मध्यनगर गरेरनै उनको पोजिसन निर्धारण गरिएको छ । डर्टमण्डबाट खेल्दा गत वर्ष हालान्ड घाइते भएका थिए ।

हाल हालान्डले १२ केजी मासु बढाएका छन् । गुणस्तरीय खाना, नियमित तालिम र ध्यानका कारण उनको मनस्थिति सही स्थानमा रहेकाले हालान्ड जहिले पनि फुटबल कौशल र रणनीति विकासमै केन्द्रित हुने प्रशिक्षक मारियोको भनाइ छ ।

क्लबमा भित्रिँदा म्यान्चेस्टर सिटीको आक्रामक खेल शैलीमा उनी फिट नहुने धेरैको आशंका थियो । तर हालान्डले ती सबै आशंकालाई चिर्दै क्लबमा आफूलाई अब्बल सावित गरिरहेका छन् ।

म्यानचेस्टर युनाइटेडसँग गत जनवरीको खेलमा सिटी पराजित भएको थियो । त्यसपछि क्लबले धेरै स्ट्राइकर राखिनुपर्ने नीति लियो । हालान्ड यसका लागि उत्कृष्ट पात्र थिए ।

ग्वार्डिओला आफ्नो रणनीति अनुसार खेल हुनुपर्ने अडान राख्छन् । हालान्डको हकमा भने उनी अलि नरमनै छन् । मैदानमा हालान्ड व्यस्त भइराख्नुपर्ने र उनले उत्कृष्टततालाई निरन्तरता दिनुपर्ने मान्यता ग्वार्डिओलाको छ ।

खेलमा गोल गर्न नसकेमा र सहयोग गर्न नसकेमा हालान्ड निकै तनावमा हुन्छन् । ‘२४ सै घण्टा हालान्डले फुटबलनै सोच्छन् । उनको नसा नसामा फुटबल छ । फुटबलप्रतिको उनको माया वर्णन गर्न सकिँदैन,’ ग्वार्डिओला भन्छन् ।

हालान्ड निकै नम्र र भलाद्मी छन् । घमण्ड उनमा रत्तिभर छैन । आफ्नो तालिमप्रति उनी प्रतिबद्ध छन् । तालिममा सबैभन्दा छिटो आउने र ढिलो छुट्ने उनीनै हुन्छन् । बाबुबाट सिकेको कौशल र शारीरिक स्याहारको पालनामा हालान्ड कटिबद्ध छन् ।

सकरात्मक सोचनका धनी र हँसमुख हालान्ड इटालियन खानाका पारखी हुन् । आफूबारे लेखिएका केही सामग्री पनि उनी पढ्दैनन् । आफूमाथि खर्चिएका सबै शब्द बेकार रहेको उनलाई अनुभव हुने गरेको उनका साथीहरू बताउँछन् ।

उनीसँग भएको आत्विश्वास र उर्जालेनै उनलाई सफलता आर्जनमा सहयोग पुर्‍याएको उनका साथीहरूको भनाइ छ । आफूलाई दबाव वा तनाव महशुस भएमा उनी ध्यान गर्छन् । उनी कहिल्यै राति अबेरसम्म बस्दैनन् । तालिमबाट मौका मिल्नासाथ ध्यानमा बस्छन् । हालान्डको सबैभन्दा ठूलो शक्तिनै शालिनता, साधरण जीवन र सकरात्मक सोच हो ।

हालान्ड गल्ती हुन्छ की भन्ने हीनताबोधमा बाँच्दैनन् । उनी गल्तीबाटै सिक्ने सिद्धान्तमा बाँच्छन् । आफ्नो गल्ती सुधार्न उनी कहिल्यै पछि हट्दैनन् । उनी प्रतिभावान खेलाडी हुन् भन्ने कुरा विश्वलेनै स्वीकारेको अवस्था छ । हालान्ड भने आफूलाई थप निखार्दै छन् । २२ वर्षमै निखारिएका हालान्डले बाँकी खेलमा जीवनमा देखाउने कौशल विश्वलेनै चासोपूर्वक पर्खिरहेको छ ।

– बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...