विश्वकप छनोट नेपालमा
विश्वकप छनोट नेपालमा

काठमाडौँ — नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।


नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने चन्दले जानकारी गराए । उनका अनुसार प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

‘आईसीसीले बुधबार इमेल पठाएर नेपाललाई प्रतियोगिता आयोजना गर्न दिन लागेको निश्चित गरेको छ, उसले सहभागी अन्य राष्ट्रलाई ट्वान्टी–२० विश्वकपको एसिया छनोट नेपालमा आयोजना गर्न लागेको जानकारी गराइसकेको छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘कीर्तिपुर र मूलपानीमा प्रतियोगिताका खेल हुने भनेको छ, मूलपानीमा अझ सुविधा थप्नुपर्ने जोड उनीहरूले गरेका छन् । हामीसँग त्यसका लागि समय छ, हामी त्यो सुविधा थप्नेछौं ।’

चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपालको पालो रहेको बताएको थियो । ‘आईसीसी एसिया टिमको चाहाना यस पटक नेपालमा प्रतियोगिता आयोजना होस् भन्ने थियो, त्यही अनुसारको पत्र हामीलाई पठाइसकेको छ, विभिन्न विषयका सम्झौताहरू पछि हुँदै जानेछन्,’ चन्दले भने ‘मूलपानीको विषयमा उनीहरूको चासो दर्शकका लागि सुविधा र आउटफिल्डको कुरा हुन सक्छ ।’

६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको पृष्ठभूमिमा ट्वान्टी–२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ । नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रका लागि नेपालले दाबी गरेको चन्दले यसै महिना जनाएका थिए । दुई साताअघि १० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप सफलतापूर्वक आयोजना गरेपछि नेपालको दाबीमा बल पुगेको थियो । गत वर्ष ग्लोबल छनोटअन्तर्गत गरिएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको खेलहरू जिम्बावे र ओमानले आयोजना गरेका थिए ।

नेपालले यसअघि २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ आयोजना गरेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले २०१६ मा नामिबिया, २०१७ मा केन्यासँगको खेल आयोजना गरेको थियो । त्यसबाहेक आईसीसीको प्रतियोगितामा विश्वकप लिग २ को २०१९–२३ को सर्कलमा नेपालले २०२० मा अमेरिका र ओमान तथा २०२३ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक शृंखलाका खेल आयोजना गरेको थियो ।

ट्वान्टी–२० विश्वकपको एसिया छनोटका लागि आईसीसीको टोली निरीक्षणलाई नेपाल आउने पनि चन्दले जनाए । आईसीसी एसियाको टोलीले प्रतियोगिता आयोजना गर्नेछ । यस विषयमा आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर अमिनुल इस्लामसँग पनि टेलिफोनमा छलफल भएको क्यान अध्यक्ष चन्दले बताए ।

आयोजक वेस्ट इन्डिज र अमेरिका २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन् । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसबाहेक विश्व ट्वान्टी–२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेशले पनि अमेरिकी महाद्वीपको टिकट काटिसकेका छन् ।

ट्वान्टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र खेल्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

...
एसिया कपलाई पाकिस्तानको नयाँ प्रस्ताव
पाकिस्तानले एसिया कपका लागि नयाँ प्रस्ताव गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजाम सेठीले बीबीसीको स्टम्प पोडकास्टलाई जनाएअनुसार पाकिस्तानले १३ मध्येको ४ खेल आफूले आयोजना गर्न चाहेको र फाइनलसहितका ९ खेल तटस्थ भूमिमा आयोजना गर्ने प्रस्ताव राखेको छ ।

भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको अवस्थामा पाकिस्तानले यो नयाँ प्रस्ताव राखेको हो । यसअघि भारतले आफ्नो खेल सबै तटस्थ भूमि यूएईमा खेलेर आफू आयोजक बन्न तयार रहेको पीसीबीको प्रस्तावलाई भारतले अस्वीकार गरेको जनाइएको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) का पदाधिकारीहरूले पनि यो प्रस्तावलाई स्विकारेका छैनन् ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपालले सेप्टेम्बर २ देखि १९ सम्म हुने एसिया कपमा सहभागिता जनाउने तालिका रहेको छ । नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो । तर एसीसीले अहिलेसम्म एसिया कपको आयोजक टुंगो लगाउन नसक्दा अन्योल बढ्दै गएको छ । सेप्टेम्बरमा यूएईमा उच्च तापक्रम हुने जनाउँदै श्रीलंका र बंगलादेशले पाकिस्तानको तटस्थ भूमि प्रस्तावलाई अस्वीकार गरेका छन् ।

भारत र पाकिस्तानको समूहमा नेपाल रहेको छ । पाकिस्तानले राखेको ४ खेल आफ्नो भूमिमा हुनुपर्ने प्रस्ताव पारित भएमा नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानी भूमिमा खेल्नुपर्ने हुन सक्छ । त्यसो भएमा भारतसँगको खेल तटस्थ भूमिमा हुनेछ ।

भारतले अक्टोबर–नोभम्बरमा विश्वकप आयोजना गर्दै छ । तर पीसीबीले आयोजना गर्ने एसिया कपमा भारतले नखेलेमा भारतले आयोजना गर्ने विश्वकपमा आफ्नो देशको सरकारले पाकिस्तानलाई पनि सहभागि हुन नदिने सम्भावना रहेको उक्त पोडकास्टमा सेठीको भनाइ उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।

सेठीले भनेका छन्, ‘पाकिस्तानबिना एसिया कप आयोजना हुनेछैन । एसिया कपको आम्दानीको ८० प्रतिशत भारत–पाकिस्तानको खेलबाट हुनेछ र त्यहीअनुसारको तालिका निर्माण गरिएको छ । जसअनुरूप कम्तीमा दुई पटक भारत र पाकिस्तान एउटा एसिया कपमा खेल्नेछन् र दुवै टोली फाइनल पुगेमा तीन खेल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...