सेयर बजार चलाउने नियत राष्ट्र बैंकको होइन : गभर्नर अधिकारी
सेयर बजार चलाउने नियत राष्ट्र बैंकको होइन : गभर्नर अधिकारी

काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको स्पष्ट पारेका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुले सेयरका लागि प्रत्यक्ष कर्जा दिने अभ्यास विश्वका अन्य मुलुकमा नभएको तर नेपालमा रहेको भन्दै क्रमिक रुपमा अब ब्रोकरमार्फत नै कर्जा प्रवाह हुने बताए ।

करिब ३ दर्जन धितोपत्र दलालहरुलाई कर्जा स्वीकृत भइसकेको उनले बताए । समग्र वित्तीय प्रणालीलाई हेरेर राष्ट्र बैंकले आफ्ना नीतिहरु बनाउने उनले बताए । मौद्रिक नीतिको समीक्षामा छुटेका आवश्यक विषय आगामी साउनमा आउने मौद्रिक नीतिमा समेटिने गभर्नर अधिकारीले बताए । ‘बजेट समेत आइसकेपछि प्रशस्त छलफल र गृहकार्य गरेर त्यसका आधारमा मौद्रिक नीति तयार गरिनेछ, छुटेका आवश्यक विषयमा त्यसमा समेटिनेछ’ उनले भने । हाल अर्थमन्त्रालयसँग नजिकमा रहेर काम गरिरहेको उनले स्पष्ट पारे ।

पछिल्लो समय वाहृय क्षेत्रमा सुधार आएकाले नै अहिले समीक्षामार्फत बैंक दर १ प्रतिशत घटाउन सकिएको उनले बताए । ‘गत वर्ष वाहृय क्षेत्रमा ठूलो दबाब रहेकोमा अहिले राष्ट्र बैंकले सन्तुलित अवस्थामा ल्याएको बताउँदै उनले तरलतामा पनि सुधार आइसकेको बताए । ऋण लगानी भने सोअनुसार नबढेको उनले बताए । ७ प्रतिशतभन्दा तल मुद्रास्फिति नआएसम्म र यो आर्थिक वर्ष पोलिसी दर नघटाइने गभर्नर अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...