मंगल ग्रह पुर्‍याउने ‘स्टारसिप’
मंगल ग्रह पुर्‍याउने ‘स्टारसिप’

— अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सले अप्रिल २० मा ‘स्टारसिप’ को पहिलो परीक्षण गर्‍यो । प्रक्षेपण भएको ४ मिनेटपछि ३९ किलोमिटर (२४ माइल) को उचाइमा पुग्दा स्टारसिप पूर्णरूपमा ध्वस्त भएपछि ‘स्टारसिप’ को योजना थियो ।
यान ९० मिनेटभित्र पृथ्वीको सतहदेखि २३३ किमि (१४५ माइल) को उचाइमा पुगेर पुनः पृथ्वीमा फर्कने जनाइएको थियो । तर त्यसका लागि प्रक्षेपण भएको ३ मिनेटमा स्टारसिपसँगैको फाल्कोन हेभीबाट छुट्टिनुपर्ने थियो, तर त्यसो हुन सकेन । त्यतिकै अड्किँदा स्टारसिप पड्किएको स्पेस एक्सले जनाएको छ । पूर्वतयारीअनुसार सुपर हेभी उडान भरेको ८ मिनेटपछि गल्फ अफ मेक्सिकोमा आउने अनुमान थियो ।

अमेरिकी अर्बपति इलन मस्कले मानिसलाई मंगल ग्रह पुर्‍याउने उद्देश्यसहित दुई दशकअघि स्थापना गरेको स्पेस–एक्स कम्पनीले स्टारसिप निर्माण गरेको हो । अहिले यो परीक्षणकै क्रममा छ । मस्कले भने जस्तै स्टारसिप परियोजना सफल हुने हो भने पृथ्वीबाट चन्द्रमा र चन्द्रमाबाट मंगल ग्रह पानीपँधेरो हुनेमा दुई मत छैन । २०१६ मा मस्कले इन्टरप्लानेटरी ट्रान्सपोर्ट सिस्टममार्फत मंगल ग्रहमा जान सकिने बताएका थिए । त्यसलाई परिष्कृत गरेर ‘बिक फाल्कोन रकेट’ र त्यसलाई परिष्कृत गरेर अहिले ‘स्टारसिप’ भन्न थालिएको हो ।

स्पेस एक्सका अनुसार एउटा बुस्टर सुपर हेभी रकेट र स्टारसिप अन्तरिक्षयानको संयुक्त संरचनालाई स्टारसिप नाम दिइएको हो । स्टारसिप प्रक्षेपण गर्नुअघि सुपर हेभी रकेटलाई बुस्टरको रूपमा प्रयोग गरिएको छ । यसमा ३३ वटा राप्टर इन्जिन छन् । जसमा चिसो तरल मिथेन र अक्सिजन प्रयोग गरिन्छ । यो पुनः प्रयोग गर्न मिल्ने खालको बुस्टर रकेट हो । यो स्टारसिपलाई एउटा उचाइसम्म पुर्‍याएर बेसमै फर्कने सक्ने रकेट हो । सुपर हेभी रकेटको उचाइ २२६ फिट र स्टारसिप यानको १६४ फिट गरेर स्टारसिपको कुल उचाइ ३९६ फिट (१२० मिटर) छ । ९ मिटर चौडाइ रहेको यो यानको पेलोड क्षमता सयदेखि १५० टन छ ।

यसमा प्रयोग भएका राप्टर इन्जिनहरू मिथेन र अक्सिजन स्टेज्ड कम्बसन हुन् । मंगल ग्रहमा पनि मिथेन निकाल्न सकिने भएकाले मस्कले यसको इन्जिन मिथेन र अक्सिजन स्टेज्य कम्बसन बनाएका हुन् । इन्धनको रूपमा प्रयोग हुने मिथेनलाई मंगल ग्रहबाट पनि निकाल्न सकिने र धेरै थ्रस्ट पनि विकासित गर्ने हुँदा भरपर्दो हुने बताइएको छ । यसमा प्रयोग हुने अक्जिसनले अक्सिडाइजरको काम गर्छ र इन्धनका रूपमा प्रयोग हुन्छ । मिथेनले धेरै थ्रस्ट डेभ्लोप गर्ने र मंगल ग्रहबाट पनि निकाल्न सकिने स्पेस एक्सले जनाएको छ ।

यस्तै, यसले दिने थ्रस्ट (धक्का) फाल्कोन ९ मा प्रयोग हुने मर्लिन इन्जिनको भन्दा दुई गुणा बढी छ । यी भ्याक्युम इन्जिनयहरू अन्तरिक्षको भ्याक्युममा पनि प्रयोग हुनेछन् । सुपर हेभीमा ३३ वटा राप्टर इन्जिन छन् । १३ वटा मध्यभाग र बाँकी २० वटा चाहिँ बुस्टरको वरिपरि प्रयोग हुनेछ । मानिससमेत बस्न मिल्ने स्टारसिपमा चाहिँ ६ वटा इन्जिन छन् । जसमा ३ वटा राप्टर र ३ वटा भ्याक्युम इन्जिन रहेको स्पेस एक्सले जनाएको छ ।

फ्लाइट टर्मिनेसन सिस्टम (एफटीएस) मा आएको गडबडीका कारण अप्रिल २० को प्रक्षेपण असफल भएको बताइएको छ । यद्यपि, यसबारे विभिन्न बहसहरू भइरहेका छन् । बुस्टर रकेटले स्टारसिपबाट अलग्गिनुको साटो त्यही अड्किँदा विस्फोट भएको बताइएको छ । बुस्टर रकेट फर्किएपछि स्टारसिप अन्य ६ वटा इन्जिनको सहयातले अन्तरिक्षमा जाने बताइएको छ । स्टारसिप मानिस बस्न तथा कार्गो पठाउन मिल्ने गरी बनाइएको छ । यसबाट पृथ्वीको तल्लो र माथिल्लो कक्षमा कार्गो ढुवानी गर्न सक्ने, चन्द्रमा पुग्न सक्ने र मंगल ग्रहमा पनि कार्गो पठाउन प्रयोग हुने स्पेस एक्सले जनाएको छ । स्टारसिपका हरेक क्याबिनमा ४ देखि ५ जना मानिस बस्न सक्छन् । एक सय जना मानिसलाई लामो दूरीको यात्रामा लैजान सक्ने स्पेक्स एक्सले राखेको विवरणमा उल्लेख छ ।

चन्द्रमामा लुनार बेस बनाउनका लागि धेरै किसिमका संरचना आवश्यक पर्ने औंल्याइएको छ । त्यसका लागि धेरै नै ठूला भौतिक संरचनाहरूको निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक पर्ने ब्लक्सहरू यही यानमार्फत लैजान सकिने जनाइएको छ । मंगल ग्रहमा बस्ती बसाल्ने योजनाका लागि कार्गो र क्रियुको भरपर्दो माध्यम स्टारसिप हुने मस्कले बताउँदै आएका छन् ।

स्पेस एक्सले यही यानमार्फत पृथ्वीको हरेक कुना आधा घण्टाभित्र पुग्न सकिन्छ । उसले अन्तर्राष्ट्रिय फ्लाइटहरू आधा घण्टाभित्र गराउने योजना राखेको छ । न्युयोर्कबाट सांघाई ३९ मिनेटमा, हङकङबाट सिंगापुर २२ मिनेटमा, लस एन्जेलसबाट टोरोन्टो २४ मिनेटमा, दुबईबाट बैंकक २७ मिनेटमा, लन्डनबाट दुबई २९ मिनेटमा लैजान सकिने मस्कले बताएका छन् ।

यानलाई इन्धनको अभाव नहोस् भनेर स्पेसएक्सले पृथ्वीको कक्षमै फ्युल रिफिलिङको सुविधा राख्ने तयारी गरेको छ । यसले मंगल ग्रहमा जानका लागि आवश्यक फ्युलको खपत घटाउने विश्वास छ । पृथ्वीको तल्लो कक्षमा फ्युल भरेर मंगल ग्रहमा जान सकिने मस्कको भनाइ छ । यसका लागि छुट्टै ट्र्यांकर जहाजको परिकल्पना गरिएको छ । मस्कले आफ्नो महत्त्वाकांक्षी परियोजना सफल बनाउन छुट्टै स्टार बेसको पनि निर्माण गरेका छन् । अर्बौं डलर लगानी गरेर मंगल ग्रहसम्म लैजाने यान भन्दै छुट्टै स्टारबेस निर्माण गरिएको छ । यो बेस मेरिकाको टेक्सास राज्यस्थित केमरुन काउन्टीमा निर्माण गरिएको छ । स्टारसिपको अप्रिल २० को परीक्षण प्रक्षेपण यही बेसबाट गरिएको थियो । यो स्पेस एक्सका ४ वटा बेसमध्यको एक हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...