उरुग्वेको प्रशिक्षक बन्न बिएल्सा तयार
उरुग्वेको प्रशिक्षक बन्न बिएल्सा तयार

मोन्टेभिडियो : मार्सेलो बिएल्सा उरुग्वेयन राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न तयार भएको त्यहाँको फुटबल संघले बताएको छ। उरुग्वेयन फुटबल संघको कार्यकारी समितिका सदस्य जर्ज कासालेसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कासालेसले सन् २०२६ को विश्वकप सम्मका लागि बिएल्साले सम्झौतामा चाँडै हस्ताक्षर गर्ने बताएका छन्।


‘अब बाँकी भनेको हस्ताक्षर मात्रै हो,’ कासालेसले ३९ महिना लामो सम्झौताबारे जानकारी दिँदै भनेका छन्। लिड्स युनाइटेडका पूर्वप्रशिक्षक बिएल्सा केही दिनमै मोन्टेभिडियो पुग्ने पनि उनले बताएका छन्। बिएल्साको नेतृत्वमा उरुग्वेले आगामी जुनमा पहिलो खेल खेल्नेछ। उरुग्वेले निकाराग्वा र क्युबासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। यस्तै, सेप्टेम्बरमा विश्वकपको दक्षिण अमेरिका छनोट पनि सुरु हुनेछ।

‘हामीले ९० मिनेटको खेलमा मात्र सीमित हुनेगरी होइन, एक विरासत बोकेका प्रशिक्षक ल्याएका हौं,’ कासालेसले भनेका छन् । ​​​​​​​उरुग्वे गत नोभेम्बर–डिसेम्बरमा कतारमा भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो।

बिएल्सा सन् १९९८ देखि २००४ सम्म अर्जेन्टिनी टिमको प्रशिक्षक थिए। सन् २००२ को विश्वकपमा बिएल्सा नेतृत्वको अर्जेन्टिना समूह चरणबाट बाहिरिएको थियो। त्यसको दुई वर्षपछि एथेन्स ओलम्पिकमा उनकै नेतृत्वमा अर्जेन्टिनाले ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।

उनले व्यक्तिगत कारण देखाउँदै अर्जेन्टिनी टिमको प्रशिक्षक पद त्यागेका थिए। त्यसपछि सन् २००७ देखि २०११ सम्म चिलीको टिम सम्हालेका बिएल्साले व्यावसायिक फुटबलमा इस्पान्योल, एट्लेटिको बिल्बाओ, मार्से, लियोलमा पनि प्रशिक्षण गरेका थिए। सन् २०२२ को फेबु्रअरीमा लिड्सले बर्खास्त गरेपछि बिएल्सा जागिरविहीन छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...