युरोपा लिग : लेभरकुसेनलाई पराजित गर्दै रोमा विजयी
युरोपा लिग : लेभरकुसेनलाई पराजित गर्दै रोमा विजयी

रोम : एडोवार्डो बोभको निर्णायक गोलप्रेरित रोमाले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा बिहीबार राति बायर लेभरकुसेनलाई १–० को नतिजामा पराजित गरेको छ। घरेलु मैदान स्टाडियो ओलिम्पकोमा १–० को जित निकालेसँगै इटालियन क्लबले पहिलो लेगमा १–० को अग्रता बनाउन सफल भयो।


पहिलो हाफ गोलरहित बराबरीमा टङ्गिए पनि दोस्रो हाफमा गरेको एक मात्र गोल रोमालाई जित दिलाउन पर्याप्त बन्यो। बोभले ६३औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

ट्यामी अब्राहमले गरेको प्रहार लेभरकुसेनका गोलकिपरले ब्लक गरेपछि आएको रिबाउन्ड बलमा बोभले सशक्त प्रहार गरेका थिए।

सामान्य अवस्थामा फर्किन नभ्याउँदा लेभरकुसेनका गोलकिपर लुकार ह्राडेकी निरीह बने।

लेभरकुसेनको मैदानमा दोस्रो लेग मे १९ मा हुनेछ। त्यो खेलमा लभेरकुसेनले कम्तिमा दुई गोलको स्पष्ट जित निकाले पुनरागमनसहित फाइनल यात्रा तय गर्नेछ। एक गोलको फरकमा जित निकाले अतिरिक्त समय/पेनाल्टी सुटआउटमा नतिजा निहीत हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...