राइस भित्र्याउन युनाइटेड इच्छुक
राइस भित्र्याउन युनाइटेड इच्छुक

लन्डन : वेस्टह्याम युनाइटेडका कप्तान डेक्लान राइसले क्बल छाड्ने सम्भावना रहेको चर्चा सुरु भएसँगै म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको छ। वेस्टह्यामका प्रशिक्षक डेविड मोयेसले राइसले लन्डन क्लब छाड्ने सम्भावना रहेको बताएका थिए।


इङ्ल्यान्डका २४ वर्षीय मिडफिल्डर राइस आर्सनल जाने प्रवल सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। यद्यपि, आर्सनलका लागि वेस्टह्यामले चाहेको रकम बाधक बन्न सक्छ।

वेस्टह्यामले राइसका लागि कम्तिमा १०० मिलियन पाउन्डको माग राख्ने द गार्जियनले बताएको छ। तर, आर्सनल राइसका लागि त्यति रकम खर्चिन तयार हुनेमा विश्वस्त हुन सकिँदैन।

त्यसैको फाइदा म्यानचेस्टर युनाइटेडले उठाउन सक्छ। यद्यपि, फ्रान्क लाम्पार्डले २०२० मा पहिलो पटक चेल्सीको प्रशिक्षकको जिम्मेवारी लिएपछि राइस स्टाम्फोर्ड ब्रिज जाने चर्चा चुलिएको थियो।

तर, तत्कालीन अवस्थामा चेल्सीले सरुवा बजारमा प्रतिबन्ध भोगिरहेका थियो। प्रतिबन्ध खुल्दासम्म लाम्पार्ड बर्खास्त भइसकेपछि राइस र चेल्सीबीचको चर्चा त्यसै हराएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...