रोमाको सफलताका सारथि जोसे मोउरिन्हो पीएसजी जान सक्छन् ?
रोमाको सफलताका सारथि जोसे मोउरिन्हो पीएसजी जान सक्छन् ?

। युरोपा लिगको पहिलो लेगमा बायर लिभरकसेनलाई १–० ले हराएपछि इटलीको रोमा युरोपा लिग फाइनलका लागि अग्रसर छ ।

प्रशिक्षकका रुपमा जोसे मोउरिन्हो पनि छैटौं युरोपियन फाइनलका लागि उत्साहित हुनेछन् ।

पोचुर्गिज म्यानेजर मोउरिन्होलाई समर्थकले ‘किङ अफ रोमा’को उपनाम दिएका छन् ।

क्लबलाई १४ वर्षपछि पहिलोपल्ट अर्को ठूलो उपाधिको नजिक पुर्‍याएपछि उनी सम्मानित बनेका छन् ।

लामो समयपछि रोमा फर्किएका मोउरिन्होले युरोपियन उपाधि दिलाउन सके भने पनि उनी इटलीको राजधानी शहरमा कति समय बस्लान ? भन्ने प्रश्न सुरु भएको छ ।

रोमामा उनको सम्झौता सन् २०२४ को समरसम्म छ ।

तर, उनी प्रशिक्षकका रुपमा ११औं टिमको चुनौति स्वीकार गरी आउने सिजन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी) जाने तयारीमा रहेको हल्ला चल्न थालेको छ ।

६० वर्षीय यी प्रशिक्षकले बुधबार स्काई स्पोर्टस इटालियासँगको कुराकानीमा रमाइलो शैलीमा हाँस्दै भने, ‘यदि उनीहरुले मलाई खोजेका थिए भने पनि भेट्ने थिएनन् ।’

च्याम्पियन्स लिगका लागि छनोट हुने रोमाको लक्ष्य युरोपा लिगको सम्भावित सफलतामा टिकेको छ ।

किनभने रोमा टिम इटलीको शीर्ष डिभिजनको सिरी ए मा अहिले सातौं स्थानमा छ । त्यसो हुँदा पीएसजीबाट फोन कल आएको खण्डमा मोउरिन्होले उत्तर के देलान् भन्ने सबैको चासो छ ।

‘रोमालाई १४ वर्षपछि एउटा युरोपियन फाइनलको नजिक पुर्‍याएको दावी उनले गर्न पाउँछन् । उनी त्यस्ता ब्यक्ति हुन् जसले जहाँ गए पनि आफ्नो अन्तिम लक्ष्य जित बनाउन सक्छन् ।’
प्रशिक्षकका रुपमा मोउरिन्होले पाँचपल्ट युरोपियन कपको फाइनल खेल्दा शतप्रतिशत जितको कीर्तिमान बनाएका छन् ।

यूरोपमा तहल्का मच्चाउन सक्ने र एउटा ठूलो सम्भावना भएको क्लबमा जान उनी योग्य छन् ।

च्याम्पियन्स लिगको यो सिजन पीएसजीले अन्तिम १६ मा बार्यन म्युनिखको चुनौति पन्छाउन असफल रह्यो ।

यो पीएसजीको लगातार असफलताको पछिल्लो उदाहरणमात्र हो ।

किनभने सन् २०११ मा कतारी स्वामित्वमा पुगेयता यो टिम युरोपियन सफलताका लागि ब्यग्र छ ।

वर्तमान प्रशिक्षक क्रिष्टोफर गाल्टियरले यो सिजनको अन्त्यसम्ममा क्लब छाड्ने अनुमान गरिएको छ ।

नयाँ सिजन पीएसजीले आफ्नो टिममा ठूलो पुनर्गठन गर्ने सम्भावना छ ।

सम्झौता नवीकरण नगरेका लियोनल मेस्सी सम्भवतः नयाँ सिजन पीएसजीमा रहने छैनन् ।

‘मेरो विचारमा मोउरिन्होले रोमालाई आफ्नो उचाइमा फड्को मार्ने एउटा माध्यम बनाएका थिए,’ इटालियन फुटबल पत्रकार जेम्स होर्नक्यास्टलले भने, ‘रोमालाई १४ वर्षपछि एउटा युरोपियन फाइनलको नजिक पुर्‍याएको दावी उनले गर्न पाउँछन् । उनी त्यस्ता ब्यक्ति हुन् जसले जहाँ गए पनि आफ्नो अन्तिम लक्ष्य जित बनाउन सक्छन् ।’

फ्रान्सका एकजना फुटबल पत्रकार जुलियन लरेन्सले भनेका छन्, ‘जोसे मोउरिन्होको सबैभन्दा मिल्ने साथी जर्ज मेन्डेस हुन्, जर्ज मेन्डेसको मिल्ने साथी लुइस क्याम्पोस हुन् । लुइस, पीएसजीका खेल निर्देशक हुन् । क्याम्पोस र मेन्डेसको दैनिक कुराकानी हुन्छ । मेन्डेस एकदमै प्रभावशाली पनि छन् । मलाई विश्वास छ क्रिस्टोफर गाल्टियरलाई प्रतिस्थापन गर्ने शर्ट लिस्टमा मोउरिन्होको नाम पक्कै पनि आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...