मुख्य समाचार
एनआरटी र फ्रेण्ड्सको बराबरी
एनआरटी र फ्रेण्ड्सको बराबरी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेण्ड्स क्ललबले बराबरी खेलेका छन् ।

एन्फा क्म्प्लेक्समा आइतबार भएको खेलमा खेलमा एनआरटी र फ्रेण्ड्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए ।

तर ५८औं मिनेटमा फ्रेण्ड्सकै अमित तामाङले आत्मघाती गोल गर्दा एनआरटीले खेल बराबरी गर्‍यो ।

६६औं मिनेटमा अमितले नै पेनाल्टीबाट गोल गर्दै फ्रेण्ड्सलाई २-१ को अग्रता दिलाए ।

तर फेण्ड्सले दोस्रो पटक पनि अग्रता जोगाउन सकेन ।

८९औं मिनेटमा निकोलस सोङले गोल गरेपछि एनआरटीले खेल २-२ को बराबरी गर्दै अंक खोस्न सफल भयो ।

बराबरीपछि १८ खेलबाट २२ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लेको छ । समान खेलबाट २० अंक जोडेको फ्रेण्ड्स रेलिसगेसन क्षेत्र छाड्दै ११औं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए । पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे । प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये ...
। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको बताएका छन् । क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए । ‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, ...
अमेरिकामा हालै सम्पन्न नर्थ अमेरिकन वाइफ क्यारिंग च्याम्पियनशिपमा ३० भन्दा धेरै जोडीहरु सहभागी भए । ठूलो संख्याका दर्शकका बीच सम्पन्न उक्त श्रीमती बोक्ने प्रतियोगितामा प्रतिस्पर्धीहरु पानीमा चोपलिंदै, काठका मुढा नाघ्ददै, हिलो कुल्चिँदै दौडिए । त्यसो गरिरहँदा पुरुष प्रतियोगीहरुले आफ्नी पत्नीलाई आलुको बोरा जस्तै गरी काँधमा बोकिरहेका थिए । यो प्रतियोगिता १९औं सताब्दीको एक चर्चित लुटेराको शैलीबाट प्रभावित ...