थाईल्यान्डका मतदाताले सेना समर्थित सरकार रुचाएनन्
थाईल्यान्डका मतदाताले सेना समर्थित सरकार रुचाएनन्

थाईल्यान्ड : थाईल्यान्ड निर्वाचनमा ४२ वर्षीय पिटा लिम्जार्‍याटको नेतृत्वको मूभ फर्वर्ड पार्टीले भर्खरै सम्पन्न निर्वाचनमा आश्चर्यजनक रूपमा जित हात पारेको हो।


मतदाताले झन्डै एक दशकको सेनाबाट समर्थनप्राप्त शासनलाई हराएर मूभ फर्वर्ड पार्टीलाई अत्यधिक मतका साथ जिताएका छन्।

थाई राजधानीमा पिटाको पार्टीले ३३ मध्ये ३२ सिट जितेको छ।

दर्जनौंपटक कू भएको देशमा यसलाई ठूलो उपलब्धी मानिएको छ। 'आज नयाँ दिन हो, अनि यो उज्यालो र आशाले भरिपूर्ण छ,' ४२ वर्षीय पिटा लिम्जार्‍याटले आफू थाईल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको केही घण्टापछि संवाददाताहरूसँग भने, 'एउटा युगको भावना परिवर्तन भएको छ। अनि यो उपयुक्त समय थियो।'

सरकार बनाउन अझै निकै समय लाग्छ। देशको शासनसत्तामा सेनाको हालीमुहाली भएकाले उक्त प्रक्रियामा बाधा आउन पनि सक्छ।

तर निर्वाचनको परिणामाले पिटा र उनको पार्टीमा सबैको ध्यानाकृ्ष्ट भएको छ। परिवर्तनको भोक भएका र वर्षौँको सैन्य शासनबाट भ्रममुक्त भएका युवा मतदाताहरूले उक्त पार्टीलाई रुचाएका छन्।

सन् २०१९ मा फ्यूचर फर्वर्ड पार्टीको सदस्यका रूपमा संसद्‌मा निर्वाचित भएसँगै पिटाले आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए।

उक्त पार्टीको स्थापना थाई सेनाको कट्टर आलोचक मानिने अर्बपति ट्यानाटोर्न जुङ्‌रुङ्‌किटले गरेका थिए। सन् २०१९ को चुनावमै राम्रो परिणाम हात पारेको उक्त पार्टीले थाईल्यान्डको राजनीतिमा उथलपुथल गरिदिएको थियो।

तर एक वर्षमै विभिन्न विवादका कारण फ्यूचर फर्वर्ड पार्टी भङ्ग भयो र ट्यानाटोर्न जुङ्‌रुङ्‌किटलाई सांसद बन्न अयोग्य घोषणा गरियो। त्यसलगत्तै उक्त दलको उत्तराधिकारीका रूपमा मूभ फर्वर्ड पार्टी स्थापना भयो र पिटाले त्यसको नेतृत्व गरे।

प्रतिबन्ध लागेपछि त्यो वर्ष संविधान संशोधन हुनुपर्ने, नयाँ निर्वाचन हुनुपर्ने र अधिकारकर्मी र राज्यका आलोचकहरूमाथिको दुर्व्यवहार अन्त्य हुनुपर्ने मागसहित थाईल्यान्डका सडकहरूमा हजारौँ युवाहरू ओर्लिए।

परिवर्तनको आकाङ्क्षा र त्यस्ता थुप्रै मुद्दा अघि सारेर मूभ फर्वर्ड पार्टी चुनावमा गयो र प्रदर्शन गर्ने अगुवाहरूले सन् २०२० मा उम्मेदवारी दिए।

पिटाको राजनीतिक उदय

विपक्षी सांसदका रूपमा आलोचनात्मक भाषण गर्ने भएकाले एकताका पिटालाई थाई संसद्‌का 'उदीयमान तारा' भनिन्थ्यो। उनको पार्टीले राजनीतिमा सेनाको प्रभाव भङ्ग गर्ने र राजतन्त्रसँग सम्बन्धित कानुनहरू सुधार गर्ने वाचा गरेकाले पिटा लोकप्रिय बन्न थाले।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै पिटाले राजद्रोहसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने आफ्नो धारणा दोहोर्‍याए।

'हामी त्यसलाई यो संसद्‌बाट पारित गर्छौँ। राजतन्त्र र सर्वसाधारण जनताबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्नेबारे यसलाई परिपक्व, पारदर्शी ढङ्गबाट संसद्‌मा बृहत् छलफल गर्छौँ,' उनले भने।

पिटाले ट्वीट आफू देशको ३०औँ प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्।

'हाम्रा सपना र आशा समान छन्। अनि सँगै मिलेर हाम्रो प्यारो थाईल्यान्ड राम्रो बन्न सक्छ र आजैदेखि काम गरे परिवर्तन सम्भव हुने हामी विश्वास गर्छौँ,' उनले लेखेका छन्।

पिटाको जन्म राजनीतिक सम्पर्क भएको एउटा धनी परिवारमा भएको हो। उनका बुवा कृषि मन्त्रालयमा सल्लाहकार थिए। उनका काका अपदस्थ पूर्वप्रधानमन्त्री टाक्सिन सिनावाटका सहयोगी थिए।

न्यूजील्यान्डको विद्यालयमा पढ्दै गर्दा राजनीतिमा आफ्नो रुचि जागेको उनले बताएका छन्।

पिटाले ब्याङ्ककस्थित ट्यामसाट विश्वविद्यालयबाट स्नातक गरेका हुन्। उनले स्नातकोत्तर तहको पढाइ हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा गरे। त्यसबाहेक उनले एमआईटीबाट एबीए पनि गरेका छन्।

आफ्नो व्यावसायिक जीवनको सुरुमा उनले व्यापार गरेका थिए। उनले आफ्ना दिवङ्गत बुवाले सञ्चालन गरेको धानको चोकरबाट तेल निकाल्ने कम्पनी चलाएका थिए। त्यसपछि उनले ग्र्याब भन्ने यातायात सेवा प्रदान गर्ने कम्पनीको कार्यकारी निर्देशकका रूपमा पनि काम गरे।

उनले थाईल्यान्डकै अभिनेत्री तथा मोडल चुटिमा टिप्नाटसँग बिहे गरेका थिए। तर सन् २०१९ मा उनीहरूको सम्बन्धविच्छेद भयो।

अहिले पिटा सातवर्षे छोरी पिपिमलाई हुर्काउँदै छन्। मूभ फर्वर्ड पार्टीको र्‍यालीमा उनी छोरीलाई पनि लिएर जाने गर्छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...