थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्ता
थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्ता

थाइल्यान्ड : मतदानमा सरकारी प्रतिद्वन्द्वीलाई पराजित गरेपछि थाइल्याण्डका विपक्षी समूहहरूले बुधबार सरकार–गठबन्धन वार्ता गरेका छन्। यद्यपि, सैनिक निकट भइ नियुक्त भएका केही सिनेटरहरूले विजयी पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्ने चेतावनी दिएका छन्।


करिब एक दशकलामो सेनासमर्थित शासनलाई मतदाताले ठाडै अस्वीकार गरेपछि प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) आइतबारको चुनावबाट सबैभन्दा ठूलो दलको रूपमा उदाएको हो। एमएफपी नेता पिता लिम्जारोएनरतले बैङ्ककको एक रेस्टुरेन्टमा अन्य पाँच विपक्षी दलका वरिष्ठ अधिकारीहरूलाई भेटेर फोटो खिचाएपछि उनीहरू वार्ताका लागि बन्द कोठामा छिरेका थिए।

युवा नेता ४२ वर्षीय पिटाले दुई दशकदेखि थाई राजनीतिमा प्रभुत्व जमाएको फेउ थाई र चार वटा साना समूहसँग गठबन्धन बनाउने प्रयास गरिरहेका छन्।

एमएफपीले १५२ सिट जितेको छ भने फेउ थाईले १४१ सिट जितेको छ। अन्य दलसँग गठबन्धन गर्दा तल्लो सदनका ५०० सिटमध्ये ३०० भन्दा बढी सिट प्राप्त हुनेछ।

तर प्रधानमन्त्रीको पद सुरक्षित गर्न गठबन्धनलाई सिनेटसहित दुवै सदनमा बहुमत आवश्यक छ, जसका २५० सदस्य अघिल्लो सैनिक सरकारले छानेको थियो।

एमएफपी र यसका सहयोगीहरूलाई तल्लो सदनमा ३७६ मत आवश्यक पर्दछ। यसको अर्थ यही वातावरण रहेमा सिनेटरहरूले पिटालाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्दैनन् तर सेनाको प्रभावमा परेर साना दलले विपक्षीहरूको गठबन्धनलाई विफल पार्नसक्ने पनि सम्भावना रहेको छ।

केही सिनेटरहरूले पिटाको विरोधमा आवाज उठाइसकेका छन्। राजालाई हेर्ने दृष्टिकोणलाई कानूनको संशोधन गरेर परिवर्तन ल्याउने एाएफपीको योजनाका कारण संस्थापन विरोधी अडानमा विभाजन आउने अनुमान गरिएको छ।

सिनेटर जाडेट इन्सवाङले भने, 'म पिटालाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्दिनँ।' सिनेटर कित्तिसाक रतनवराहले पनि पिटालाई समर्थन गर्न अस्वीकार गरे। उनले भने, 'प्रधानमन्त्रीको उम्मेदवारले देश, राजसंस्थालाई माया गर्नुपर्छ।'

फेउ थाईका एक वरिष्ठ नेताले मङ्गलबार दुई मझौला कन्जरभेटिभ पार्टी भुमजैथाई र प्रजातान्त्रिकलाई प्रधानमन्त्रीको मतदानमा गठबन्धनलाई सहयोग गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाको निवर्तमान गठबन्धनको हिस्सा रहेको भुमजैथाई पार्टी आफ्नो तल्लो सदनको ७० सिटका साथ सम्भावित निर्णायक शक्तिको रूपमा देखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...