यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जानकारी दिएको छ।
डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै यात्रुवहाक सवारीमा ३.२० प्रतिशतले घटेको हो।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको ४.१९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको भने ४.६५ प्रतिशतले भाडा घटेको यातायात व्यवस्था विभागले जनाएको छ।
नयाँ भाडादर आजदेखि लागू हुनेछ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गरेको छ।