मुख्य समाचार
'आरआरआर’ चलचित्रका खलनायक अभिनेता रे स्टिभेन्सनको मृत्यु
'आरआरआर’ चलचित्रका खलनायक अभिनेता रे स्टिभेन्सनको मृत्यु

: आयरिश अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ‘रोम भाइकिंग’ र ‘डेक्सटर’ जस्ता टिभी शोबाट चर्चित भएका उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।


स्टिभेन्सनले भारतीय फिल्म निर्माता एस.एस. राजामौलीको ओस्कार विजेता फिल्म आरआरआरमा खलनायकको भूमिका निभाएका थिए।

उनको मृत्युको कारण विस्तृत रुपमा खुलेको छैन। तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

त्यतिबेला उनी एक्सन फिल्म ‘क्यासिनो’ को सुटिङमा थिए । स्टिभेन्सनको उत्तरी आयरल्याण्डमा जन्म भएको थियो। आठ वर्षको उमेरमा उनी इङ्गल्याण्ड गएका थिए। उनका बुबा रोयल एयर फोर्समा काम गर्थे। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...