पाकिस्तानी महिला आन्दोलनकारीको प्रशंसामा भाइरल तस्बिर एआई जेनेरेटेड भएको पुष्टि
पाकिस्तानी महिला आन्दोलनकारीको प्रशंसामा भाइरल तस्बिर एआई जेनेरेटेड भएको पुष्टि

— पूर्वपाकिस्तानी प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानले आफ्नो पार्टी पाकिस्तान तारीक-ए-इन्साफको विरोध प्रदर्शनमा महिला आन्दोलनकारीहरूको प्रशंसा गर्दै सेयर गरेको भिडियोमा प्रयोग भएको एक प्रमुख तस्बिर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाइएको पुष्टि भएको छ ।

फ्रान्स २४ नामक टीभी च्यानलले गरेको तथ्य जाँचमा सुरक्षा फौजको अगाडि उभिएकी एक महिला देखिने उक्त तस्बिर एआईको प्रयोगबाट बनाइएको र अन्य दुई भिडियो क्लिप पनि प्रदर्शनसँग सम्बन्धित नरहेको पाइएको समाचार संस्थाले जनाएको छ ।

गत शुक्रबार खानले सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेको उक्त भिडियो झन्डै १६ लाख पटक हेरिएको थियो । उक्त भिडियो सेयर गर्ने क्रममा उनले 'जुन उत्साहका साथ पाकिस्तानी महिलाहरू आफ्नो स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिएका छन्, देशको लोकतान्त्रिक इतिहासमा यसको उच्च सम्मानका साथ स्मरण गरिनुका साथै हाम्रो सुरक्षा फौजहरूको क्रुरता र उनीहरूले महिलाहरूलाई अपमान गर्न प्रयोग गरेको निर्लज्ज बल प्रयोग पनि हामी बिर्सनेछैनौं' भन्दै महिला प्रदर्शनकारीहरूमाथि बल प्रयोग भएकोमा विरोध जनाएका थिए ।

गएको वर्ष एक अविश्वास प्रस्तावमार्फत पाकिस्तानको प्रधानमन्त्रीबाट हटाइएका भए पनि खान निरन्तर पाकिस्तानको राजनीतिको केन्द्रमा रहँदै आएका छन् । यसबीचमा उनले 'लङ मार्च' जस्ता प्रदर्शन गर्ने मात्र नभइ पञ्जाबमा भएको चुनावमा राम्रो जित निकालेपछि समयभन्दा अगावै आमनिर्वाचनको माग गर्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । गएको नोभेम्बरमा उनीमाथि एक यस्तै प्रदर्शनमा गोलीसमेत प्रहार भएको थियो । गत मार्चयता आतंकवाद र भ्रष्टाचार लगायतका आरोपमा खानलाई पक्राउ गर्न प्रयत्नरत पाकिस्तान सरकारले मे महिनामा भने उनलाई पक्राउ नै गरेको थियो । खानको पक्राउको विरोधमा पाकिस्तानभर हिंसा भड्किएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतले धरौटीमा छोड्न र फेरि पक्राउ नगर्न आदेश दिएपछि छुटेका खानका समर्थकले उनको समर्थन र पाकिस्तानी सेना र सरकारको विरोधमा प्रदर्शनहरू जारी राखेका छन् । पाकिस्तानकी सूचना तथा प्रसारणमन्त्री मरीयम औरञ्जेबले मिथ्या तस्बिरको प्रयोग गरेको भन्दै खानको आलोचना गरेकी छन् । उनले खानको भिडियोमा प्रयोग भएका अन्य तस्बिर र फुटेजहरू पनि तोडमोड गरिएको र यसले पाकिस्तानी सुरक्षा फौजको उपहास गरेको प्रतिक्रिया दिएकी छन् ।

गएको साता यस्तै अर्को घटनामा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)मा विष्फोट भएको भन्दै हल्ला फिँजाइएको एक तस्बिर पनि फेक र एआई जेनेरेटेड भएको पुष्टि भएको थियो । यस्तै, मे १६ मा ड्यानिएल मार्विन नामक व्यक्तिले इलन मस्कको भविष्यकी पत्नी भन्दै रोबोटसँग अन्तरंग बनेको एआई जेनेरेटेड तस्बिरहरू पनि भाइरल भएका थिए । यति मात्र होइन, रिपब्लिकन नेशनल कंग्रेसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध बनाएको भिडियो विज्ञापनमा प्रयोग भएको एक तस्बिर पनि एआईको प्रयोगले बनाएको भेटिएको थियो । संसारभरका सरकार र नीतिनिर्माताहरू एआईलाई कसरी नियमन गर्ने भन्नेमा प्रयत्नरत रहेको बेला यस्ता तस्बिर र भिडियोको अत्यधिक प्रयोग सुरक्षा निकाय र राजनीतिज्ञहरूको लागि पछिल्लो टाउको दुखाइ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...