जेनेभा — विश्वभर भएका प्राकृतिक विपत्तिले ५० वर्षयता २० लाख जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले जनाएको छ ।
राष्ट्रसंघको मौसमसम्बन्धी संगठन डब्लूएमओले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९७० देखि २०२१ सम्म ११ हजार ७ सय ७८ वटा ठूला प्राकृतिक विपत्तिका घटना भएका छन् । यस क्रममा विश्वको ४.३ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति पनि भएको छ ।
करिब ९० प्रतिशत विपत्तिका घटना विकासशील देशले भोग्नुपरेको पनि प्रतिवेदनले जनाएको छ । पछिल्लो समय ‘मोचा’ नामको आँधीले बंगलादेश र म्यानमारमा मानवीय क्षति पुर्याएको राष्ट्रसंघले उल्लेख गरेको छ ।