मुख्य समाचार
बलिउड अभिनेत्री क्रिसन परेरा कसरी लागुऔषध मुद्दामा शारजाहको जेलमा पुगिन् ?
बलिउड अभिनेत्री क्रिसन परेरा कसरी लागुऔषध मुद्दामा शारजाहको जेलमा पुगिन् ?

। गत महिना उदयीमान बलिउड अभिनेत्री क्रिसन परेरासँग जे भयो त्यो कुनै बलिउड थ्रिलर कथाभन्दा कम छैन । २७ वर्षीया अभिनेत्री परेराले बलिउड फिल्म ‘सडक २’ र ‘बाटला हाउस’मा सानो भूमिका गरेकी छन् । गत अप्रिल १ मा शारजाहका लागि मुम्बई छोड्दा उनको आँखामा केही सपना थिए ।

उनका भाइ केभिनले बीबीसीलाई बताएअनुसार क्रिसनलाई अन्तर्राष्ट्रिय मञ्चमा रिलिज हुने वेब सिरिजमा मुख्य भूमिकाका लागि अडिसन दिन भनिएको थियो । तर शारजाहको यात्रा अभिनेत्री र उनको परिवारको लागि दुःस्वप्न बन्यो । क्रिसनबाट लागुऔषध भरिएको झोला बरामद गरेपछि उनलाई पक्राउ गरी जेल पठाइएको थियो ।

तीन सातापछि मुम्बईमा प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो । उनीहरुले क्रिसनसहित आफूहरुलाई फसाइएको बयान दिए । त्यसपछि उनीहरु रिहा भए । केभिन भन्छन्, ‘क्रिसन भारत फर्कनुअघि राहदानी फिर्ताको लागि उनीहरु पर्खिरहेका छन् ।’ घटनाको अनुसन्धान गर्ने टोलीमा रहेका मुम्बई प्रहरी अपराध शाखाका एक अधिकारीले बीबीसीलाई भने अनुसार दुई जनाबाहेक तेस्रो व्यक्तिलाई (लागुऔषध आपूर्ति गरेको आशंकामा) पनि पक्राउ गरी जेल पठाइएको छ ।’

प्रहरी अधिकारीले भने, ‘पूरै घटना बदलाको भावनासँग सम्बन्धित थियो, जुन मुख्य अभियुक्त एन्थोनी पालले गरेका थिए ।’ यी दुईले यसअघि पनि अन्य चार जनालाई पनि यस्तै किसिमले फसाएको र तीमध्ये एक जना क्लेटन रोड्रिग्वेज अझै शारजाह जेलमा रहेको अनुसन्धानबाट पत्ता लागेको अधिकारीले बताए । पल र बोभटे जेलमा रहेकाले यी आरोपबारे उनीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर पलका वकिल अजय दुबेले उनीमाथि लगाइएको आरोपलाई ‘पूर्ण रूपमा झुटो र दुर्भावनापूर्ण’ भनेका छन् ।

उनले बोभटेलाई आफ्ना ग्राहकलाई धोका दिएको आरोप लगाउँदै लागुऔषध बोक्ने झोलासँग आफ्नो कुनै सरोकार नभएको बताए । तर बोभटेकी श्रीमती सोनलले बीबीसीलाई पलले आफ्नो पतिलाई ‘फ्याम’ गरेको बताइन् ।

क्रिसन कसरी गैरकानुनी ढंगले लागुऔषध तस्करी गर्ने प्रकरणमा फसिन्, यसबारे उनका भाइ केभिनले भने, ‘यो सबै विषय थ्रिलर जस्तो देखिन्छ । २३ मार्चमा उनकी आमा प्रेमिला परेरालाई एक व्यक्तिबाट सन्देश प्राप्त भयो । उक्त सन्देशमा उनले क्रिसनलाई एक कार्यक्रममा भेटेका थिए र उनले वेब सिरिजलाई आर्थिक सहयोग गर्दैछन्, अनि तपाईंको छोरीलाई यसमा कास्ट गर्न चाहन्छन् भन्ने उल्लेख थियो ।

केभिनले भने, ‘जब क्रिसनले उनलाई भेटे, उनले अडिसनका लागि दुबई जानुपर्ने बताएकी थिइन् तर टिकट पठाउँदा त्यो शारजाहको थियो ।’ केभिनले क्रिसनलाई ‘होसियार रहन’ भनेका थिए, किनभने उनले धेरै घटनाको बारेमा सुनेका थिए तर क्रिसनको दिमागमा यस्तो केही हुनेछ भन्ने कुरा कहिल्यै थिएन । केभिन भन्छन्, ‘उनी अडिसनको लागि तयारी गरिरहेकी थिइन् र अवसरको लागि साँच्चै उत्साहित थिइन् ।’

केभिन भन्छन्, ‘क्रिसनलाई उडानको केही घण्टाअघि उही व्यक्तिबाट फोन आयो, उसलाई एयरपोर्टको बाटोमा भेट्न भनियो र त्यहाँ उनले क्रिसनलाई एक झोला दिए र शारजाहमा आफ्नो साथीलाई दिन भने । केभिनले भने, ‘उनको उडान बिहान १.१७ मा अवतरण भयो र करिब २ बजे उनले आफ्ना बुवालाई आफू ठगिएको कुरा बताउन फोन गरिन् ।’ त्यसपछि उनले हामीलाई यो झोलाको बारेमा पनि बताए ।

केभिनले पहिले एयरलाइन्समा काम गरिसकेका छन्, त्यसैले उसलाई थाहा छ कि उनकी बहिनी ठूलो समस्यामा छिन् । केभिनले भने, ‘मैले उनलाई तुरुन्तै एयरपोर्ट प्रहरीमा गएर सबै कुरा बताउन भनें । अर्को १७ दिनसम्म हामीले क्रिसनलाई सम्पर्क गर्न सकेनौं ।’ परिवारले प्रहरीमा उजुरी दर्ता गरायो र केही दिनमा परेरा परिवारले प्रधानमन्त्री, विदेश मन्त्रालय र शारजाहस्थित भारतीय वाणिज्य दूतावासलाई १५ वटा इमेल लेखेर मद्दत अनुरोध गरेका थिए ।

केभिनले भने, ‘हामीले अन्ततः भारतीय वाणिज्य दूतावासबाट थाहा पायौं कि क्रिसन लागुऔषध ओसारपसारमा शारजाह सेन्ट्रल जेलमा छिन् । जब हामीले गुगल गर्‍यौं, हामीले रिपोर्टहरू भेट्टायौं कि यस्तो अवस्थामा २५ वर्षको जेल सजाय वा मृत्युदण्ड पनि हुन सक्छ । यसले हाम्रो घरमा धेरै चिन्ता पैदा गरेको छ ।’

उनी अगाडि भन्छन्, ‘मलाई थाहा छ कि मेरी बहिनी निर्दोष छिन् र सत्य बाहिर आउनेछ । तर हामी जुन मानसिक र भावनात्मक पीडाबाट गुज्रिरहेका छौं, हामीलाई अझै पनि थाहा छैन मुद्दा कहिले बन्द हुन्छ र उनी कहिले घर फर्किन्छिन् ।’

बीबीसी हिन्दीबाट अनूदित

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...