अफगानिस्तानमा बाढी : छ जनाको मृत्यु, एक सय घर ध्वस्त
अफगानिस्तानमा बाढी : छ जनाको मृत्यु, एक सय घर ध्वस्त

काबुल : मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।


स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरेको घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् ।

पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ । कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि क्षतिग्रस्त भएको छन् ।

सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...