दुर्घटनाग्रस्त चिनियाँ डुंगामा १४ जनाको शव फेला
दुर्घटनाग्रस्त चिनियाँ डुंगामा १४ जनाको शव फेला

कोलम्बो : श्रीलंकाको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुंगाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ।


मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुंगामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुंगामा भेटिएको हो।

मोटरबाट चल्ने लु पेङ युआन यु-०२८ डुंगामा १७ जना चिनियाँ, १७ जना इन्डोनेसियाली र पाँच जना फिलिपिनी सवार थिए र पर्थबाट पाँच हजार किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको थियो।

फिलिपिन्सको विदेश मन्त्रालयले उक्त डुंगा मे १८ मा श्रीलंकाबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको तर खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको जनाएको थियो।

श्रीलंकाको नौसेनाले आफ्ना गोताखोरहरूले मंगलबार दुई जनाको शव पानीमा फेला पारेको र थप १२ जनालाई डुंगाभित्र भेटेको पुष्टि गरेका छन्।

'सीमित सुरक्षात्मक कवचसाथ दूषित पानीभित्रबाट शव निकाल्दा उत्पन्न हुने सम्भावित स्वास्थ्य खतराका कारण ती शवहरू पुनः प्राप्त गर्नु अत्यन्त खतरनाक हुने निश्चित गरिएको छ,' नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डुंगाभित्र रहेका १२ वटा शवको नक्सांकन गरी चिनियाँ अधिकारीलाई बुझाइएको बताइएको छ। त्यहाँ रहेका शवको राष्ट्रियता तत्काल थाहा हुन सकेको छैन। चिनियाँ यातायात मन्त्रालयले गरेको प्रारम्भिक अनुसन्धानमा डुंगामा सवार सबैको मृत्यु भएको निष्कर्ष निकालेको एक दिनपछि श्रीलंकाको नौसेनाले यस्तो विज्ञप्ति जारी गरेको हो।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खोज तथा उद्धार कार्यमा सघाउन तीनवटा हवाई जहाज र चारवटा पानीजहाज पठाएको थियो।

चिनियाँ यातायात मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले खोजका लागी करिब ६४,००० वर्ग किलोमिटर (१८,७०० वर्ग नटिकल माइल) क्षेत्रमा यात्रा गरेका थिए ।
गत हप्ता फेबियन चक्रवातले सात मिटर (२३ फिट) सम्मको छाल र १२० किलोमिटर प्रतिघण्टा (७५ माइल प्रतिघण्टा) सम्मको हावा चलेपछि माछा मार्ने उक्त डुङ्गाले पहिलो पटक सङ्कटको सङ्केत पठाएको थियो।

क्यानबेरास्थित ज्वाइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टर (जेआरसीसी) ले बाँच्नका लागि ‘चुनौतीपूर्ण’ अवस्थाको चेतावनी दिएपछि खराब मौसमका कारण उद्धार कार्य रोकिएको छ।

उक्त पानीजहाज चीनको प्रमुख सरकारी माछा मार्ने कम्पनी पेन्ग्लई जिङलु फिशरी कम्पनीको स्वामित्वमा थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...