काठमाडौं : मलेसियासँगको शृंखलाका लागि नेपाली राष्टिय महिला क्रिकेट टिमको घोषणा भएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको ५ खेलको टी २० शृंखलाका लागि अन्तिम १४ जनाको टिम घोषणा गरेको हो। सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुहार समावेश गरेका छन्।
सम्झना खड्का, कृतीका मरासिनी र इश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्। मे २९ देखि जुन ४ सम्म हुने शृंखलाको पहिलो खेल नेपालले मे २९ मा खेल्नेछ। दोस्रो मे ३०, तेस्रो जुन १, चौथो र पाँचौं क्रमश जुन ३ र ४ मा खेलेर स्वदेश फर्किनेछ।
नेपाली टिमः कप्तान रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, ज्योती पाण्डे, अस्मिना कर्माचार्य, कविता कुँवर, कविता जोशी, कृतीका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट र सरस्वती चौधरी