मुख्य समाचार
साङ्घाईमा सय वर्ष यताकै गर्मी
साङ्घाईमा सय वर्ष यताकै गर्मी

बेइजिङ : चीनको औद्योगिक महानगर साङ्घाईमा सोमबार एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ ।


वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ ।

आज साङ्घाइको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको उल्लेख गर्दै विभागले यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको जनाएको छ ।

भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका तथा बङ्गलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अफगानिस्तानमा तालिबान सरकारले प्रतिबन्ध लगाए पनि अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको छ । मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो । सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो । यस वर्ष अफिमको खेती र उत्पादन ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनको भनाइ उद्धृत गर्दै तासले ...
— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ...
। कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले निरन्तरता दिएको छ । १ जुन २०२४ (१८ जेठ २०८१) देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा विदेशी कामदारको संख्या धेरै रहेकाले यो निर्णयलाई निरन्तरता दिइएको बताए ...
। साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार ...