मुख्य समाचार
राजघरानाकी सदस्य भाग्यश्री कसरी प्रवेश गरिन् बलिउड ?
राजघरानाकी सदस्य भाग्यश्री कसरी प्रवेश गरिन् बलिउड ?

। भाग्यश्री । नाम जस्तै भाग्यमानी अभिनेत्री । एउटै फिल्मबाट उनले बलिउडमा अमर छाप छाडिन् । त्यो पनि डेब्यु फिल्मबाटै । फिल्म थियो, मैने प्यार किया ।

त्यसपछि पनि उनले केही फिल्म र टेलिशृंखलामा अभिनय त गरिन् तर उनको लागि मैने प्यार किया नै काफी भयो । सुरज बाडजात्य निर्देशित यो फिल्म सार्वजनिक भएको तीन दशक नाघिसक्यो, यद्यपि यसको कम्पन अझै कायम छ । र, कायम छ भाग्यश्रीको चर्चा-परिचर्चा पनि ।

मैंने प्यार किया यस्तो फिल्म थियो, जसले बलिउडमा एकसाथ भाग्यश्री र सलमान खानको भाग्योदय गराइदियो । त्ययसयता करिअरको उचाइमा अग्लिएका सलमान आजसम्म अविछिन्न बलिउडको शीर्ष भूमिकामा छन् । तर बलिउडमा भाग्यश्रीको उपस्थिति फाट्टफुट्ट मात्र छ । पछिल्लो समय उनी सलमान स्टारर फिल्म ‘किसी का भाइ किसी की जान’मा एक झलक देखापरिन् ।

भाग्यश्री भारत महाराष्ट्रको सांगलीका मराठी शाही परिवारकी सदस्य थिइन् । उनी सांगलीका चौथो एवं अन्तिम राजा वियसिंहराजे पटवर्धन र राज्यलक्ष्मी पटवर्धनकी छोर िहुन् । भाग्यश्रीका दुई दिदीबहिनी मधुवन्ती र पूर्णिमा छन् ।


शाही घरानाको भएका कारण भाग्यश्रीलाई रंसरंगको दुनियाँमा प्रवेश गर्न त्यति सहज थिएन । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म महाराष्ट्रका सांगलीका रुढिवादी शाही परिवारको सदस्य हुँ । हामी तीन दिदीबहिनीमध्ये म सबैभन्दा ठूली हुँ । हाम्रो परिवारमा छोरीले एक निश्चित उमेरमा विवाह गर्नु र सन्तानको योजना बनाइसक्नुपर्ने परम्परा थियो । तर मलाई कन्भेन्ट स्कुलमा पठाइयो ।’

भाग्यश्रीले १३ वर्षकै उमेरदेखि नै साडी लगाउनु परेको कुरा पनि अन्तर्वार्तामा उल्लेख गरेकी थिइन् । आफ्नो बाल्यकाल फरक पृष्ठभूमिबाट गुज्रिएको स्मरण गर्दै भाग्यश्री भन्छिन्, ‘एक हिसाबले हाम्रो दोहोरो जिन्दगी थियो । मेरो जन्म र पालनपोषण मुम्बईमा भयो । यहाँ म र बहिनीहरु अन्य बालबच्चा जस्तै सामान्य थियौं । तर सांगलीमा मेरो पिताले निर्धारण गरेको प्रोटोकल अलग थियो । के गर्ने, के नगर्ने भन्ने स्पष्ट दायरा थियो । जब म लगभग १३ वर्षकी थिएँ र आठ कक्षामा पढ्दै थिएँ, तब मैले साडी लगाउन सुरु गरें । जुन हिसाबले हामी कपडा लगाउथ्यौं, हिंड्थ्यौं, कुराकानी गर्थ्यौं, बस्थ्यौं, अरु मान्छेसँग भेटघाट गथ्र्यौं, त्यसमा खास मर्यादा पालना गर्नुपर्ने हुन्थ्यो ।’

घरकी जेठी छोरी भएका नाताले पनि परिवारमा उनको जिम्मेवारी थपिएको थियो । आसपासका मान्छेहरुको समस्या, गुनासो सुन्ने, त्यसको छिनोफानो गर्नेजस्ता काममा आफ्ना पितासँगै उनी पनि संलग्न हुनुपथ्र्यो ।

भाग्यश्रीले सन् १९८७ मा रंगीन दुनियाँमा पाइला राखिन् । त्यसताका दूरदर्शनबाट प्रसारण हुने चर्चित धारावाहिक ‘कच्ची धूप’बाट उनको अभिनय यात्रा सुरु भयो । त्यसको दुई वर्षपछि फिल्म मैने प्यार किया फिल्ममा अनुबन्धित भइन् । सलमान खानसँगै उनको फिल्मी करिअर यही बिन्दुबाट सुरु भयो ।

यो फिल्म ब्लकबस्टर भएसँगै भाग्यश्रीको करिअर पनि उचाइमा पुग्यो । यतिबेलासम्म उनले घर गृहस्थी सुरु गरिसकेकी थिइन् । हिमालय दासानीसँग विवाह गरेपछि पनि उनले फिल्मी यात्रा जारी राखिन् । सन् १९९० मा उनका तीन फिल्म रिलिज भए, कैद मैं है बुलबुल, त्यागी र पायल । सन् १९९३ मा घर आया मेरा परदेशीमा देखा परिन् । त्यसपछि भने उनको फिल्मी यात्रा धीमा रह्यो ।

पछि उनले एक मारवाडी परिवारको सदस्यसँग घरजाम गरिन् । ५४ वर्षीया भाग्यश्री अहिले आफ्ना पति हिमालय र आफ्ना दुई सन्तानसँग गृहस्थी जीवन बिताइरहेकी छन् । फरक पृष्ठभूमिमा हुर्किएकी उनलाई सामान्य जीवनमा अभ्यस्त हुनु सजिलो थिएन । यद्यपि विवाहपछि आफूले यी सबै कुराको सन्तुलन मिलाउँदै अगाडि बढेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...