हवाई टिकटमा भ्याट : अर्थबाट थप स्पष्टीकरण कुर्दै प्राधिकरण
हवाई टिकटमा भ्याट : अर्थबाट थप स्पष्टीकरण कुर्दै प्राधिकरण

काठमाडौं । नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेसँगै हवाई यात्रा थप महँगो हुने निश्चित भएको छ । यद्यपि हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने हो वा इन्धन र विमानस्थल शुल्कसहितको मूल्यमा भ्याट लाग्ने हो भन्ने अन्यौल भने अझै निराकरण भएको छैन । अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेका हुन्छन् । त्यो रकम इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायु सेवा कम्पनीले लिने भाडाको संयुक्त जोड हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बजेटको व्यवस्थसँगै हवाई टिकटमा अब भ्याट जोडिन्छ । यो प्रावधान नयाँ आर्थिक वर्ष २०८०/८१ अर्थात् १ साउनदेखि लागु हुने छ । तर, हवाई टिकटमा कसरी भ्याट लगाउने भन्ने विषय भने अर्थ मन्त्रालयबाट थप स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘यो नियम कार्यान्वयनमा आउनु अगाडि नै यसबारे अर्थबाट स्पष्ट हुन्छ, त्यसपछि कार्यान्वयनमा आउँछ’ उनले भने ।

यो नियम लागु भएसँगै हवाई भाडा भने स्वतः महँगो हुने उनले बताए । ‘अतिरिक्त कर जोडिएपछि टिकट महँगो हुन्छ,’ उनले भने, ‘कति महँगो हुन्छ त्यसबारे अर्थले स्पष्ट पार्नुपर्छ ।’

नयाँ प्रावधान अनुसार अब भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जा आयातमा पनि १३ प्रतिशत भ्याट जोडिन्छ । आयातित वस्तुमा लाग्ने महसुल र भ्याट भने बजेट भाषण लगत्तै कार्यान्वयनमा आउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...