आईसीसीको प्रस्तावित रेभेन्यू प्रणालीप्रति एसोसिएट राष्ट्रहरु निराश
आईसीसीको प्रस्तावित रेभेन्यू प्रणालीप्रति एसोसिएट राष्ट्रहरु निराश

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले प्रस्ताव गरेको नयाँ रेभेन्यू बाँटफाड प्रणालीप्रति एसोसिएट सदस्य राष्ट्रहरु शसंकित भएका छन् ।

प्रस्तावित नयाँ अन्तर्राष्ट्रिय प्रणालीले ठूला राष्ट्रलाई समर्थन गर्छ । तर, यसले क्रिकेट खेलको विकासलाई खतरामा पार्ने सम्भावना छ ।

आईसीसीले २०२४–२०२७ को चक्रका लागि नयाँ रेभेन्यू बाँटफाँड प्रणाली प्रस्ताव गरेको छ । जसका लागि आगामी जुलाईमा दक्षिण अफ्रिकाको डर्बानमा हुने बोर्ड बैठकमा मतदान हुनेछ ।

क्रिकेटसम्बन्धी वेवसाइट क्रिकइन्फोले मे महिनाको सुरुमा नयाँ मोडलबारे समाचार प्रकाशित गरेको थियो । जसअनुसार नयाँ प्रणालीमार्फत भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक्लै ३८.५ प्रतिशत रेभेन्यू वार्षिक रुपमा प्राप्त गर्नेछ ।


भारतसहित आईसीसीका १२ पूर्ण सदस्य राष्ट्रहरुका लागि ८८.८१ प्रतिशत र बाँकी ११.१९ प्रतिशत ९४ एसोसिएट राष्ट्रहरुलाई बाँडिनेछ ।

आईसीसीले कुन राष्ट्रले कति रकम पाउने भनेर तथ्यांक सार्वजनिक गरेको छैन । प्रवन्धक वासिम खानले सोमबार सबै सदस्य राष्ट्रले नयाँ प्रस्तावित प्रणाली अनुसार यसअघिको भन्दा बढी रकम पाउने बताए ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रस्तावित नयाँ प्रणालीमा यसअघि नै असहमति जनाइसकेको छ । अन्य विकोन्मुख राष्ट्रहरुबाट पनि असन्तुष्टी आइरहेको छ।

आईसीसीको प्रमुख कार्यकारी समितिमा प्रतिनिधित्व गर्ने तीन एसोसिएट सदस्यमध्ये एक वोत्स्वाना बोर्डका उपाध्यक्ष सुमोद दामोदरले नयाँ प्रस्तावले एसोसिएट सदस्यको आवश्यकता पूरा नहुने बताए ।

‘यदी अहिले प्रस्ताव र छलफल गरेकै जस्तो नतिजा आयो भने एसोसिएट सदस्य प्रतिनिधिको रुपमा म निराश हुनेछु’, उनले रोएटर्ससँग भनेका छन्, ‘एसोसिएट सदस्यका लागि यो किन अपुग छ भन्ने धेरै कारणहरु छन् ।’

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका एसोसिएट सदस्यले त्यसलाई बचाइराख्न र हाई पफर्मेन्स कार्यक्रम गर्न धेरै रकम चाहिने दामोदरले बताए ।

पुरुष क्रिकेटमा नेपाल र महिला क्रिकेटमा थाइल्याण्डको द्रूत गतिको विकासपछि आवश्यक आर्थिक सहयोग भए अन्य राष्ट्र पनि अगाढि बढ्ने उनले बताए ।

भानुआटु क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत टिम कटलर प्रस्तावित रेभेन्यू प्रणालीले हुने र नहुनेबीचमा असमानतालाई मात्र जोड दिने भन्दै दुःखी छन् ।

‘नयाँ प्रणाली ठूला राष्ट्रहरुतर्फ भारी छ । प्रस्तावित परिवर्तनले यो असन्तुलनलाई अझ बढी जोखिममा लान्छ र खेलको भविष्यलाई थप संकटमा पार्छ’, कटलरले रोएटर्ससँग भने, ‘यदि विश्वव्यापी कोषलाई समान रुपमा विनियोजन गरिएन भने क्रिकेट अहिलेको अवस्थाबाट माथि जान सक्दैन ।’

आईसीसीमा १७ मतमध्ये पूर्ण सदस्य राष्ट्रको १२ मत छ । कटलरले खेलको राम्रोका लागि स्वतन्त्र निर्णय लिनुपर्ने बताए । आईसीसीले एसोसिएट सदस्यहरुको चिन्ताको बारेमा सोध्दा टिप्पणीको अनुरोधलाई जवाफ नदिएको रोएटर्सले जनाएको छ ।

यस्तै आईसीसीका पूर्व अध्यक्ष एहसान मानीले आईसीसीमा दृष्टिकोणको कमजोरी रहेको र भारतमा धेरै निर्भर हुनु क्रिकेटको लागि खतरा रहेको बताएका छन् ।

उनले भारतलाई आईसीसीको धेरै रेभेन्यू दिनुको कुनै अर्थ नभएको भन्दै सबै पूर्ण सदस्यलाई बराबर बाँड्नुपर्ने बताए । ‘विश्व क्रिकेटलाई बलियो वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र पाकिस्तान चाहिन्छ’, उनले थपे ‘आयरल्यान्ड र अफगानिस्तान जस्तै जिम्बाव्वेमा पनि पैसाको अभावका कारण क्रिकेट प्रभावित भएको छ । यीमध्ये केही देशहरूमा लगानीको कमीले खेललाई दिगो बनाउन सक्दैन र विश्व क्रिकेट यसका लागि गरिब हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...