मुख्य समाचार
‘गडफादर’ अभिनेता अल पचिनो ८३ वर्षमा बुवा बन्दै
‘गडफादर’ अभिनेता अल पचिनो ८३ वर्षमा बुवा बन्दै

। हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी प्रेमिका नूर अलफल्लाह (२९) आठ महिनाकी गर्भवती छिन् । ‘गडफादर’जस्ता चर्चित फिल्ममा काम गरेका अभिनेता पचिनो यसअघि नै तीन सन्तानका पिता भइसकेका छन् । उनका ‘गडफादर’ सहकलाकार रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए ।

विवरणअनुसार पचिनो अप्रिल २०२२ देखि प्रेमिका नूरसँग डेट गरिरहेका छन् । त्यसपछि उनीहरु पहिलो पटक सँगै डिनर गर्दा देखिएका थिए । पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो । उनको उमेर ३३ वर्ष छ । यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन् । दुवैको उमेर २२ वर्ष छ । पचिनोकी प्रेमिका नूरले यसअघि व्यापारी निकोलस बर्ग्रेन र गायक मिक जागरलाई डेट गरेकी थिइन् ।

उनले अहिलेसम्म डेट गरेका सबै ६० वर्षभन्दा माथिका छन् । ७४ वर्षीय मिक जागरसँग डेट गर्दा उनी २२ वर्षकी थिइन् । एकै समयमा निकोलस बजर्गेन पनि ६० वर्षका थिए । ‘द गडफादर’ सिरिजको फिल्मबाट पचिनो विश्वभर चर्चित भए पनि उनले यसबाहेक धेरै ठूला फिल्ममा पनि काम गरेका छन् । उनका सेन्ट अफ ए वुमन, स्कारफेस, सर्पिको र द डेभिल्स एड्भोकेट चर्चित फिल्म हुन् ।

उनका केही पछिल्ला फिल्ममा ‘वन्स अपन अ टाइम इन हलिउड’, ‘हाउस अफ गुच्ची’, ‘द पाइरेट्स अफ सोमालिया’ र ‘द आयरिशम्यान’ छन् ।

अर्को रोचक कुरा के छ भने गत महिना मात्रै ‘द गडफादर २’ मा पचिनोका सहकलाकार रहेका रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा सातौं सन्तानको पिता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...