तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता
तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ ।

मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए ।
मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अइना नज्वा ९ रनमा अविजित रहिन् । नेपालका लागि आजको खेलमा सरस्वती कुमारी चौधरीको स्थानमा इश्वरी विष्टले राष्ट्रिय टिममा डेब्यु गरेकी छन् । उनले आजको खेलमा डेब्यु गर्दै ४ ओभर बलिङ गर्दै १६ रन खर्चेकी हुन् । बाँया हाते स्पिनरको इश्वरी घरेलु क्रिकेटमा सुदुरपश्चिमबाट खेल्छिन् ।


त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । रुविनाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनर कविता कुँवर ७ बलमा २ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता रानामगर ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । विकेटकिपर ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । इन्दु बर्माले २० रन बनाइन् भने, कविता जोशी र विन्दु रावल क्रमश ः १ र ३ रनमा अविजित रहे ।

मलेसियाका लागि निक नुर अटिलाले सर्वाधिक २ विकेट लिइन् । इष्या इलिसा फिरदौज र विनिफ्रेड दुराइसिङ्गमले १–१ विकेट लिए ।

नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो । नेपालले शनिबार चौथो र आइतबार अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...