मुख्य समाचार
दोलखाको सोक्लामा रक क्लाइम्बिङ सुरु
दोलखाको सोक्लामा रक क्लाइम्बिङ सुरु

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-२ सोक्ला भ्यालीमा पहिलो साहसिक पर्यटकीय खेल रक क्लाइम्बिङ महोत्सव सुरु भएको छ।

सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्वपूर्ण रहेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना भएको सोक्ला रक क्लाइम्बिङ महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुईवटा रुट निर्माण गरेको हो।

चार सय मिटरको उचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिएको रक क्लाइम्बिङको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले आज उद्घाटन गरे।

सोक्ला रक क्लाइम्बिङ महोत्सवमा २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए।

महोत्सवले सोक्ला क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्ने, सोक्ला भ्याली रक क्लाइम्बिङ हबका रुपमा विकास हुने, जिल्लाको स्काउट टिमका लागि आपतकालीन उद्धार तालिम सञ्चालनको केन्द्र बन्ने, भीमेश्वर नगरपालिकाको मात्रै नभएर जिल्लाकै साहसिक पर्यटकीय गन्तव्यका रूपमा सोक्ला गाउँको प्रवर्द्धन हुने विश्वास लिइएको आयोजकले जनाएको छ।

कुल १० लाख खर्च अनुमान गरिएको रक क्लाईम्बिङमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाल आर्मीको टिमको समेत सहभागी रहेको थियो। सगरमाथा आरोही रक क्लाइम्बरहरूको टिम पनि सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...