काठमाडौं : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन्।
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलमा दुई टिमले गोल गर्ने अवसरलाई खेर फालेका थिए। बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको समान खेल खेलको हिमालयनले ३० अंक जोडेको छ।
त्यस्तै विहीबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गर्यो।
पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे। जितसंगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ समान खेल खेलेको एनआरटीको २९ अंक छ।