तेस्रो टी-२० मा २७ रनको जितसँगै शृंखलामा नेपाल २-१ ले अगाडि
तेस्रो टी-२० मा २७ रनको जितसँगै शृंखलामा नेपाल २-१ ले अगाडि

क्वालालम्पुर : मलेसियामा जारी टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले पराजित गरेको छ।
मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खलामा २–१ को अग्रता बनाएको छ।

जितका लागि ११० रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि ओपनर विल्फ्रेड एनी दुराइसिङ्घमले २० रन बनाइन्। यस्तै, माहिरा इजाती इस्मालीले ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

नेपालका लागि कविता कुँवर, सीता रानामगर र इन्दु बर्माले एक-एक विकेट लिए।

टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रूबिना क्षेत्रीले १५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २७ रनको इनिङ खेलेकी थिइन्। यस्तै, ज्योति पाण्डे २३, इन्दु बर्मा २० रन बनाएर पभिलियन फर्केका थिए।

मलेसियाका लागि बलिङतर्फ निक नुरले दुई तथा असिया एलिसा र एनी दुराइसिङ्घमले एक-एक विकेट लिएका थिए।

जितसँगै नेपालले शृंखलामा २-१ को अग्रता बनाएको छ। पहिलो टी-२० मा पराजित नेपालले त्यसपछि लगातार दुई खेल जितेको छ। मलेसिया भ्रमणमा रहेको नेपालले पाँच खेल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...