स्भितोलिना तेस्रो चरणमा, ओस्टापेन्को बाहिरिइन्
स्भितोलिना तेस्रो चरणमा, ओस्टापेन्को बाहिरिइन्

पेरिस: स्ट्रोम हन्टरलाई २–१ सेटको नतिजामा पराजित गर्दै युक्रेनी टेनिस स्टार एलिन स्भितोलिना फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन्।

बुधबार भएको दोस्रो चरणमा हन्टरविरुद्धको पहिलो सेट २–६ ले गुमाए पनि त्यसपछि लगातार दुई सेट जित्दै स्भितोलिना लगातार आठौं पटक वर्षको दोस्रो ग्रान्ड स्लामको तेस्रो चरणमा पुगेकी हुन्।

दोस्रो सेटमा ६–३ र तेस्रो सेटमा ६–१ को जितसहित स्भितोलिनाले तेस्रो चरणमा क्यारोलिन गर्सिया र एना ब्लिनकोभाबीचको विजेतासँग भेट निश्चित गरेकी हुन्।

यस्तै, अर्को खेलमा पेटोन स्टर्न्ससँग २–१ सेटको नतिजामा पराजित हुँदै जेलेना ओस्टापेन्को प्रतियोगिताबाट बाहिरिएकी छन्।

पहिलो सेट ६–३ ले गुमाएकी ओस्टापेन्कोले दोस्रो सेटमा १–६ को जित निकालेकी थिइन्। यद्यपि, निर्णायक तेस्रो सेटमा स्टर्न्सले ६–२ को जितसँगै तेस्रो चरणमा स्थान बनाइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...