पेगुला फ्रेन्च ओपनको तेस्रो चरणमा
पेगुला फ्रेन्च ओपनको तेस्रो चरणमा

पेरिस: क्यामिला जियोर्जीले चोटका कारण खेलमा निरन्तरता दिन नसक्दा जेसिका पेगुला फ्रेन्च ओपनको महिला एकलतर्फ तेस्रो चरणमा पुगेकी छन्।

विश्व वरीयताको तेस्रो स्थानकी पेगुलाले पहिलो सेट ६–२ ले जितेकी थिइन्। तर, त्यसपछि जियार्जीले कोर्टमा निरन्तरता दिन नसक्दा पेगुलाले वाक ओभर पाइन्।

पेगुला जारी सिजनको महिला एकलतर्फ तेस्रो चरणमा पुग्ने पहिलो खेलाडी बनेकी छन्। पहिलो चरणमा ड्यानिएली कोलिन्सलाई ६–४ ६–२ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी थिइन्। पेगुला गत सिजन क्वार्टरफाइनलसम्म पुगेर बाहिरिएकी थिइन्।

फ्रेन्च अ‍ोपनमा पेगुलाको क्वार्टरफाइनल यात्रा नै सबैभन्दा ठूलो उपलब्धि हो।

पेगुलाले चौथो चरण प्रवेशका लागि एलिस मर्टेन्स र क्यामिलिया ओसोरियोबीचको विजेतासँग खेल्ने छिन्। अहिले जारी खेलको पहिलो सेटमा मर्टेन्सले पलिहो सेट ६–३ ले जितिसकेकी छन्। दोस्रो सेट जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...