प्रहरीसँगको झडपमा मेक्सिकोमा १० जानाको मृत्यु
प्रहरीसँगको झडपमा मेक्सिकोमा १० जानाको मृत्यु

मेक्सिको सिटी : उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

'सिभिल फोर्सका कर्मचारीलाई तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,' नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् । दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् ।

राजमार्ग भएको उक्त आक्रमण सङ्गठित अपराधमा संलग्न समूहले गरेको हो । आक्रमण हिंसा प्रभावित क्षेत्र न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेका छन् ।

सन् २००६ मा मेक्सिको सरकारले लागुऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा बढी हत्या, करिब एक लाख बेपत्ताका घटना भएका छन् । ती दुवै घटनामा सङ्गठित आपराधिक गिरोह जिम्मेवार रहेको सरकारले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...