प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा
प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा

काठमाडौं : प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ।

वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन। यो सटहीको विषय नै छाायाँमा पर्‍यो। सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता गरिरहँदा विषय नै सेलाएको छ।

यद्यपि सरकारी तह परराष्ट्र मन्त्रालय, गभर्नरको तहबाट पहल निरन्तर भैरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। तर, यो एक्सनमा नगएको उनको गुनासो छ। ‘यद्यपि सटही गर्नेबारे लीखित रूपमा भए वा नभए पनि मौखिक रूपमा प्रधानमन्त्रीले कुरा उठाउने राष्ट्र बैंकको विश्वास छ। लामो समयदेखि सटही नहुँदा पनि अझै अपेक्षा मरेको छैन। हामी आशावादी छौं।’ उनले अन्नपूर्णसँग भने।

केन्द्रीय बैंकको स्टोरमा भारु ५ सय दरको नोट ३ करोड ४० लाख ७३ हजार ५ सय भारतीय रुपैयाँ छ। यस्तै, हजार दरका नोट १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैयाँ छ।

नेपालसँग अहिले ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको राष्ट्र बैंकले जानकारी दिए। उक्त भारु नोटको इक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सयको हुन आउँछ। यो बैंकिङ प्रणालीमा मात्रै भएको रकम हो। अझै प्रणालीबाहिर पनि थुप्रै भारु भएको अनुमान गरिन्छ। नेपालसँग भएको प्रतिबन्धित भारु नोट मौज्दातको शोधभर्ना रिजर्भ बैंक अफ इन्डियाले दिन्छ भन्नेमा राष्ट्र बैंक आशावादी रहँदै आयो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...