मुख्य समाचार
अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे
अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडे

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकाको कोलोराडो प्रान्तमा रहेको युएस एयर फोर्स एकेडेमीको स्नातक दिवस समारोहमा स्टेजमा धरमराएर लडेका थिए ।

मञ्चमा आफ्नो सिटतर्फ जान लाग्दा यो घटना भएको हो । उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको बोरामा ठोक्किएर लडेका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन लडेको देखेपछि त्यहाँ उभिएका सुरक्षाकर्मीले उनलाई उभिन मद्दत गरे ।

त्यसपछि उनी बिना कुनै सहयोग आफ्नो सिटमा पुगे र पछि आफ्नो कारतर्फ दौडिएर गए ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले अमेरिकी राष्ट्रपति पूर्णतया स्वस्थ रहेको बताएका छन् ।

८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन सार्वजनिक स्थानमा लडेका यो पहिलो पटक भने होइन।


उनी यसअघि पनि साइकलबाट लडेका थिए । र एक पटक उनी एयर फोर्स वनको भर्याङबाट लडेका थिए।

बाइडेनका आलोचकहरूले उनको बढ्दो उमेरका कारण उनको क्षमताको बारेमा निरन्तर आशंकाहरू उब्जाइ रहेका छन्।

बाइडेनले भने फेरि पनि चुनाव लड्ने घोषणा गरेका छन् । यसपटक उनले चुनाव जिते भने ८२ वर्षको उमेरमा अमेरिकी राष्ट्रपतिको सपथ लिनेछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...