मुख्य समाचार
१० फिल्म, जसले जित्न सक्छन् ओस्कार अवार्ड
१० फिल्म, जसले जित्न सक्छन् ओस्कार अवार्ड

। प्रतिष्ठित भेराइटी म्यागजिनले सन् २०२४ को ओस्कार अवार्डका लागि प्रक्षेपण थालेको छ । सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण मनोनयन प्रस्तुत गर्दै भेराइटीले १० फिल्मलाई बलियो दाबेदारको रुपमा पेश गरेको छ । आगामी ओस्कारका लागि यो पहिलो प्रक्षेपण हो ।

सूचीमा नेटफ्लिक्सको फिल्म ‘माएस्ट्रो’, एप्पल र प्यारामाउन्टले निर्माण र मार्टिन स्कोरसिजले निर्देशन गरेको ‘किलर्स अफ द फ्लावर मुन’, अमेजन स्टुडियोको ‘साल्टबर्न’, युनिभर्सल पिक्चर्सको ‘ओपनहेइमर’, वार्नर ब्रोजको ‘ड्युन : पार्ट २’, फोकर्स फिचर्सको ‘द होल्डओभर्स’, ए ट्वान्टी फोरको ‘द जोन अफ इन्ट्रेस्ट’, ‘अनाटोमी अफ अ फल’, नेटफ्लिक्सको ‘माइ डिसेम्बर’ र सोनी पिक्चर्सको ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’ छन् ।

यीमध्ये अधिकांश फिल्मको विश्व प्रिमियर कान्स फिल्म फेस्टिभलमा भइसकेको छ । अमेरिकाको ओसेज समुदायका बासिन्दाको श्रृंखलाबद्ध हत्याको यथार्थ कथावस्तुमा निर्माण भएको मार्टिन स्कोरसिज निर्देशित ‘किलर्स अफ द फ्लावर मुन’ यतिबेला चर्चामा छ । कान्समा गत साता प्रिमियर भएयता यो फिल्मलाई लिएर दर्शकमाझ व्यापक पर्खाइ छ । फिल्ममा लियोनार्दो डिकाप्रियो र रोबर्ट डी नीरोको शीर्ष भूमिका छ ।

चर्चित पियानोबादक लियोनार्दो बर्नस्टाइनको कथामा आधारित फिल्म ‘माएस्ट्रो’ यसै वर्ष प्रदर्शन तयारीमा छ । ब्राड्ली कुपरले निर्देशन गरेको यो फिल्मलाई कुपरसहित स्टिभन स्पिलवर्ग, मार्टिन स्कोरसिजले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...