नेपालले जित्यो मलेसियाविरुद्धको शृंखला
नेपालले जित्यो मलेसियाविरुद्धको शृंखला

क्वालालम्पुर: निर्णायक बनेको पाँचौं ट्वान्टी २० मा तीन विकेटको जित निकालेसँगै नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला अन्तर्राष्ट्रिय शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको छ।

क्वालालम्पुरमा आइतबार टस हारेर ब्याटिङ थालेको घरेलु टिमले पाँच विकेट गुमाएर एक सय ९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालका लागि सीता राना मगरले सर्वाधि ३४ रन जोडिन्। यस्तै, रुबिना क्षेत्रीले २३ तथा ज्योति पाण्डेले ११ रनको योगदान गरे।

मलेसियाका लागि अनिना हासिमले दुई तथा महिरा स्माली, विनिफ्रेड दुराइसिङ्घम, ऐस्या फिर्दाज र नुर सामदले एक–एक विकेट लिए।

पहिलो इनिङमा मलेसियाकी वान जुलिया रोस्दीले सर्वाधिक ४७, दुराइसिङ्घमले २४ र स्मालीले २० रन जोडिन्।

बलिङतर्फ नेपालका लागि कविता जोशीले दुई तथा इश्वरी विष्टले एक विकेट लिइन्। यो खेलसँगै नेपालले पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

पहिलो र चौथो खेलमा पराजित नेपालले बाँकी तीन खेल जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...