महाशक्तिराष्ट्रबीच हुनसक्ने द्वन्द्वबाट बच्न चीनसँग वार्ता आवश्यक : अमेरिका
महाशक्तिराष्ट्रबीच हुनसक्ने द्वन्द्वबाट बच्न चीनसँग वार्ता आवश्यक : अमेरिका

संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताएका छन्। अस्टिनले सङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, 'विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् । हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्कट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।'

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि उहाँले यो साता जापानको पनि भ्रमण गरेका थिए। अष्टिन समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नेछन् ।

शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिबाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफूलाई दुःख लागेको बताए।

आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताए।

चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए।

उनले भने, 'हामीले चिनियाँ सेनामा जे गरिरहेका छौं, त्यो चीनको सुरक्षाको मूल स्वार्थमा आधारित छ, जुन आधारभूत कुरा हो ।' झाओका अनुसार लीमाथिको प्रतिबन्ध हटाउनु अस्टिनसँग पर्याप्त वार्ताका लागि पूर्वशर्तमध्ये एक हो ।

वासिङ्टन र बेइजिङबीच ताइवान र कथित चिनियाँ जासुसी बेलुन, जसलाई अमेरिकी लडाकू विमानले खसालेको थियो, लाई लिएर तनाव बढेको छ । अस्टिन र लीले शुक्रबारको उद्घाटन सत्रपछिको रात्रिभोजमा पहिलोपटक हात मिलाए र छोटो कुराकानी गरे, तर कुनै ठोस आदान–प्रदान भएन ।

संयुक्त राज्य अमेरिका र चीनबीचको उच्चस्तरीय सैन्य सम्बन्ध महिनौंदेखि विच्छेद भए तापनि अन्य शीर्ष अमेरिकी अधिकारीहरू अझै पनि बेइजिङसँग सम्पर्कमा छन् ।

सीआईएका निर्देशक विलियम बर्न्सले गत महिना चीनको गोप्य भ्रमण गरेका थिए भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीबीच मे महिनामा भियनामा भेटवार्ता भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...