पौडीमा थप चार कीर्तिमान
पौडीमा थप चार कीर्तिमान

काठमाडौँ — ११ औं एनएसए कप पौडी प्रतियोगितामा दोस्रो दिन सोमबार थप चार कीर्तिमान कायम भएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा एलेक्जेन्डर शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरे । ५० मिटरमा एलेक्सले बिहान हिट चरणमा आफ्नै नामको २४.९७ सेकेन्डमा सुधार गर्दै २४.१२ सेकेन्ड कायम गरे । उनले फाइनलमा पुनः त्यसमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । ५० मिटरमा एलेक्सले यही पौडीको नवौं संस्करण २०१९ मा उक्त कीर्तिमान कायम गरेका थिए । १०० मिटर फ्रिस्टायलमा एलेक्सले आफ्नै नामको ५३.४१ सेकेन्डमा सुधार गर्दै ५२.९६ सेकेन्डका साथ कीर्तिमान कायम गरे ।

१०० मिटर ब्रेस्ट स्ट्रोकमा विकास कुमालले शुभम श्रेष्ठको नाममा रहेको १ मिनेट १०.५९ सेकेन्डलाई तोड्दै १ मिनेट १०.१४ सेकेन्ड समयको कीर्तिमान आफ्नो नाममा लेखाए । विकासले आइतबार पनि दुई कीर्तिमान कायम गरेका थिए । शुभमले एनएसए कपको नवौं संस्करणमा उक्त कीर्तिमान बनाएका थिए ।

अर्को कीर्तिमान ४०० मिटर फ्रिस्टाइलमा नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नामको ४ मिनेट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनेट १२.१७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस इभेन्टमा अतरभ सिंह र सुनीलकुमार थापा मगर दोस्रा र तेस्रा भए । प्रतियोगितामा यू–१० उमेरसमूहतर्फ पुरुषमा मायोन श्रेष्ठ र महिलातर्फ सिसोमबुम राई, ११–१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापति, १३–१४ तर्फ अजलकाजी ताम्राकार र मेगन गुरुङ, १५–१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने उत्कृष्ट खेलाडी भए । खुलातर्फ एलेक्जेन्डर शाह र महिलातर्फ गौरिका सिंह र डुवाना लामा संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र डुवानाको समान अंक भएपछि दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।

प्रतियोगितामा निसर्ग बाटिका स्कुल १२३ अंककसाथ विजेता भयो । दोस्रो स्थानको स्वस्तीश्री गुरुकुल ९८ अंक र तेस्रो स्थानको लिंकन ५४ अंक बटुलेका थिए । उमेर समूहका उत्कृष्ट खेलाडीले ३ हजार र खुलातर्फका खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे । कीर्तिमान बनाएका खेलाडीले प्रत्येक कीर्तिमानवापत ५ हजार रुपैयाँ पाएका थिए ।

नेपाल पौडी संघले एसियाली खेलकुद र विश्व पौडी च्याम्पियनसिपलाई मध्यनजर गर्दै खेलाडी छनोटका लागि एनएसए कप आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...