साउदी अरेबियाद्वारा तेल उत्पादनमा कटौती, अन्तर्राष्ट्रिय बजारमा महँगियो
साउदी अरेबियाद्वारा तेल उत्पादनमा कटौती, अन्तर्राष्ट्रिय बजारमा महँगियो

— कच्चा तेल निर्यातमा सबैभन्दा ठूलो मुलुक साउदी अरेबियाले उत्पादनमा कटौती घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेको छ । साउदी अरेबियाले जुलाइ महिनामा तेल उत्पादन दैनिक १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरेको छ ।


कच्चा तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले उत्पादन कटौतीबारे निर्णय गर्न नपाउँदै साउदीले कटौतीको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेपछि साउदी अरेबियाले मूल्यमा स्थिरता कायम गर्ने उद्देश्यले उत्पादन कटौतीको निर्णय गरेको जनाएको छ । यो निर्णयलाई ऊर्जा विश्लेषकहरुले उपयुक्त कदमका रुपमा प्रतिक्रिया दिएका छन् । ‘साउदी अरेबियाले तेलको मूल्य धेरै झर्नबाट जोगाएको छ, यसले तत्काललाई तेल बजारको संभावित संकट टार्न पनि सहयोग गर्छ’ कमनवेल्थ बैंक अफ अस्ट्रेलियाका विवेकधरले रोयटर्सलाई भनेका छन् ।

साउदी अरेबियाको यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ केही बढ्न सक्ने विश्लेषकहरुको अनुमान छ । सोमबारदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार भइरहँदा (साँझ ६ बजे) कच्चा तेलको मूल्य २.६ प्रतिशतसम्म बढेको छ । डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३.६ डलर तथा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७.९ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाललाई समेत असर पार्दछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा प्रशोधित तेलको नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले पठाउने मूल्य कच्चा तेलको मूल्यमा पनि निर्भर रहन्छ । कच्चा तेलको मूल्य घट्दै जाँदा निगमलाई पनि मूल्य घटेर आउने र बढ्दा बढेर आउने गर्छ । आईओसीले पठाएको सूचीअनुसार नै निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...