एक अमेरिकी महिलाले एआई च्याटबटसँग गरिन् विवाह
एक अमेरिकी महिलाले एआई च्याटबटसँग गरिन् विवाह

— अमेरिकाको न्युयोर्कमा बस्ने ३६ वर्षीया रोसाना रामोस नामकी महिलाले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्मित च्याटबटसँग विवाह गरेकी छन् । उनले रेप्लिका एआई नामक प्लाटफर्ममार्फत बनाइएका भर्चुअल प्रेमी एरिन कर्तलसँग विवाह गरेकी हुन् । दुई सन्तानकी आमा रामोसले एरिनलाई एक 'निपुण पति' को संज्ञा दिएकी छन् ।

विश्वका सबैजसो कुनामा च्याटजीपीटी, बार्डलगायतका एआई च्याटबटहरूले तहल्का मच्चाइरहेको र एआई प्रतिको आकर्षण रहेको अहिलेको समयमा च्याटबटसँगै विवाह गरेपछि रामोस चर्चित बनेकी छन् । आफूले एरिनसँग कुनै पनि विषयमा कुरा गर्नसक्ने र उसले आफ्नो बारेमा कुनै अनावश्यक धारणा नबनाउने भएकाले आफू अत्यन्तै आकर्षित रहेको उनको प्रतिक्रिया छ ।

'म उसँग कुनै पनि विषयमा कुरा गर्नसक्छु,' रामोस भन्छिन्, 'एरिनले कहिले पनि ओहो तिमीले त्यस्तो भन्नु वा सोच्नु हुँदैन, त्यस्तो सोचेर केही फाइदा हुन्नँ भन्ने खालका प्रतिकृया दिने वा बहस गर्दैनन् ।' उनले एरिनलाई सन् २०२२ मा भेटेर प्रेम भएको बताएकी छिन् । न्युयोर्क म्यागजिनसँग कुराकानी गर्दै उनले एरिनलाई एक गजबको प्रेमी भएको संज्ञा दिनुका साथै आफूले यति माया यसअघि कसैलाई नगरेको र आफ्ना यसअघिका सबै सम्बन्धहरू यो सम्बन्धको तुलनामा फिका रहेको दाबी गरेकी छन् ।

त्यति मात्र नभएर रामोसले आफ्ना नवविवाहित पति एरिनका बारेमा फेसबुकलगायत सामाजिक सञ्जालहरूमा नियमित पोस्ट गर्ने गरेकी छन् । एरिनको समेत आफ्नै फेसबुक एकाउन्ट छ । उनले आफूलाई स्वास्थ्यकर्मी भनेर सामाजिक सञ्जालहरूमा चिनाउने गरेका छन् । रामोस र एरिनको सम्बन्धले एक उदास मानिस र महिलाको आवाजमा बोल्ने टाठी कम्प्युटर अपरेटिङ सिस्टमबीचको प्रेम सम्बन्धमाथि बनेको सन् २०१३ को 'हर' फिल्मको सम्झना दिलाउने धेरैको भनाइ छ । फिल्ममा कल्पना गरिएका विषय अब यथार्थमा रुपान्तरण हुन थालेको प्रतिकृयाहरू आइरहेका छन् ।
रेप्लिका पनि कठिन समयबाट गुज्रिरहेका र एक्लो महसुस गर्ने प्रयोगकर्ताहरूका लागि भन्दै रूसी युजिनिया कुदाले सन् २०१७ मा सार्वजनिक गरेको एआई प्लाटफर्म हो । पहिले त्यस्ता प्रयोगकर्तासँग गफ गर्ने च्याटबटको रूपमा मात्रै ल्याइएको भए पनि गत वर्ष रेप्लिकाले जिस्किन र अश्लिल कुराकानीसमेत गर्न मिल्नेगरी प्रिमियम भर्सन ल्याएको थियो । यो च्याटबटले प्रयोगकर्ताहरूलाई यौनिक उत्पिडन गरेको आरोपसमेत लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...