मुख्य समाचार
रियलका लागि अन्तिम खेलमा बेन्जेमाको गोल
रियलका लागि अन्तिम खेलमा बेन्जेमाको गोल

— करिम बेन्जेमाले रियल म्याड्रिडका लागि आफ्नो अन्तिम खेलमा आइतबार पेनाल्टीबाट एक गोल गरे । त्यसको मदतले स्पेनी ला लिगामा रियलले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेल्यो ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । यसअघि रियलले बेन्जेमाले १४ वर्षको बसाईपछि क्लब छाड्ने घोषणा गरेको थियो । सम्भवतः फ्रान्सेली खेलाडीको अबको गन्तव्य साउदी अरेबिया हुनेछ ।

आइतबारको अर्को खेलमा च्याम्पियन भइसकको बार्सिलोना सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । बार्सिलोना ८८ अंकसहित शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा रियलको ७८ अंक भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो। त्यस्तै अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु ...
— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले ...
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए । पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे । प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये ...