चीन र अमेरिकाको द्वन्द्वले विश्वलाई नै असह्य क्षति पुर्‍याउने छ : चीन
चीन र अमेरिकाको द्वन्द्वले विश्वलाई नै असह्य क्षति पुर्‍याउने छ : चीन

— चिनियाँ रक्षामन्त्री ली साङ्फुले चीन र अमेरिकाबीचको द्वन्द्वका कारण विश्वका लागि असह्य विपत्ति ल्याउने चेतावनी दिँदै चीनले अमेरिकासँग वार्ता गर्न खोजेको बताएका छन् ।

एसियाको उच्चस्तरीय सुरक्षा सम्मेलनको सांग्रिला संवादमा बोल्दै लीले चीन र अमेरिका सँगै बढ्नका लागि पर्याप्त सम्भावना रहेको बताए ।

'चीन र अमेरिकासँग फरक विधि छन् । र अन्य विभिन्न रुपले यी फरक छन्,' लीले भनेका छन् । ली रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक यसरी अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गरेका हुन् । उनले भनेका छन्, 'यद्यपि यसले दुई पक्षलाई द्विपक्षीय सम्बन्ध र गहिरो सहयोग बढाउने साझा आधार र हित खोज्नबाट रोक्नु हुँदैन ।'

यस क्रममा उनले चीन र अमेरिकाबीचको द्वन्द्व वा टकरावले विश्वलाई नै क्षति पुर्‍याउने कुरा कसैले इन्कार गर्न नसक्ने बताएका थिए ।

ताइवान, दक्षिण चीन सागर लगायतका मुद्दालाई लिएर दुई देशबीच तनाब जारी रहँदा चिनियाँ रक्षामन्त्रीले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन् । शनिबार मात्रै अमेरिकी सेनाले चिनियाँ नौसेनाले असुरक्षित युद्धाभ्यास गरेको भन्दै कडा आलोचना गरेको थियो । चीनले भने ताइवानको शान्ति र स्थिरतालाई कमजोर पार्ने गरी अमेरिकाले उक्साहट गरिरहेको आरोप लगाउँदै आएको छ ।

यसैबीच अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सिंगापुरको एक बैठकमा स्वशासित ताइवानको स्वशासन जोगाउन अमेरिका गम्भीर रुपमा प्रतिबद्ध रहेको बताएका थिए । उनले सैन्य वार्ता गर्न इन्कार गरेकोमा चीनप्रति पनि असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...