कार्गो रेल सेवाले व्यवसायीमा उत्साह
कार्गो रेल सेवाले व्यवसायीमा उत्साह

— विराटनगर भन्सार यार्डसम्म कार्गो रेलबाट सस्तो ढुवानी लागतमा औद्योगिक कच्चापदार्थ आयात हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीमा उत्साह बढेको छ । ढुवानी लागत र समय बढी लाग्ने भन्दै यहाँबाट विस्थापित उद्योगी र व्यवसायी पुनः यहीं फर्कने वातावरण कायम भएको उद्योगीको भनाइ छ ।


जोगबनी नाकाबाट हुने व्यापार बढ्ने तथा भन्सार राजस्व असुलीमा पनि सुधार आउने सम्बद्ध पक्षको विश्वास छ । कार्गो रेलबाट कच्चा पदार्थ आयात गर्दा कन्टेनर र ट्रकको दाँजोमा झन्डै ४० प्रतिशत ढुवानी खर्च कम लाग्दा औद्योगिक उत्पादनको लागत कम भएर उपभोक्तालाई पनि राहत पुग्ने एवं सुस्त रहेको बजार पनि केही चलायमान हुन सक्ने सम्बद्ध उद्योगीको बुझाइ छ । उनीहरूका अनुसार करिडोरमा उद्योग थपिने क्रम पनि बढ्नेछ ।

भारतको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिब आठ किमि रेलमार्गमा गत बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालनमा आएको हो । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा सानाठूला गरेर ५ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । तिनका लागि भारतको कोलकाता र अन्य क्षेत्रबाट दिनको ३ सयभन्दा बढी ट्रक तथा कन्टेनरले औद्योगिक कच्चा पदार्थ विराटनगर भन्सारमा ल्याउँथे । अब त्यो कच्चापदार्थ कार्गो रेलबाट सस्तो लागतमा ढुवानी हुन्छ ।

कोलकाताबाट कन्टेनर वा ट्रकमा कच्चा पदार्थ विराटनगर ल्याउँदा प्रतिकिलो भारु तीन रुपैयाँ ढुवानी खर्च लाग्थो । अब त्यही सामान कार्गो रेलबाट आयात गर्दा ढुवानी खर्च भारु एक रुपैयाँ ९५ पैसा पर्छ । कार्गो रेलबाट कच्चा पदार्थ ढुवानी गर्दा लागत झन्डै आधा कम लाग्ने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् । यसले औद्योगिक उत्पादन लागत पनि घट्छ । बजारमा सामान पनि केही सस्तोमा उपलब्ध हुन्छ ।

सरकारले यसलाई निरन्तरता दिए सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीले राहत पाउने उनको भनाइ छ । कार्गो रेल सेवाका कारण ढुवानीबाहेक सिपिङ लाइनरले लिने भाडा घट्ने, सामान निकासी गर्न विराटनगरमै कन्टेनर उपलब्ध हुने र कोलकाता बन्दरगाहमा हुने प्रक्रियागत समस्या पनि घट्ने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जनाए । सोझै विशाखापट्टनम बन्दरगाहबाट समेत कार्गो ल्याउन सम्भव भएकाले वीरगन्ज भएर सरसामान ल्याउँदा हुने थप ढुवानी खर्च पनि घट्ने उनले बताए । ‘रेलबाट सामान झारेपछि भन्सार यार्डमा मेटेरियल हेन्डलिङ उपकरणको अभावले समस्या रहेकाले यसको व्यवस्था चाँडो गरिनुपर्छ,’ उनले भने ।

विराटनगर भन्सार बिन्दुमा प्रतिदिन ३ सय ट्रक अर्थात् झन्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुन्छ । त्यसमध्ये ८० प्रतिशत भारत र २० प्रतिशत तेस्रो मुलुकबाट आउँछ । कार्गो रेल सञ्चालन हुँदा तेस्रो मुलुकबाट हुने सबै र भारतबाट हुने ६० प्रतिशत आयात रेलबाट हुनेछ । सामान्यतः ट्रकबाट हुने ढुवानीमा प्रतिट्रक (१५ टन) को भारु ४५ हजार रुपैयाँ पर्ने उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईको भनाइ छ । रेलबाट ल्याउँदा भातीय रुपैयाँ २९ हजार पर्न आउँछ । यसबाट प्रतिट्रक १५ हजारभन्दा बढी भारु बचत हुन्छ । यसबाट दिनकै ६० लाख ४८ हजार नेपाली रुपैयाँ जोगिँदा उद्योगीको मासिक ढुवानी खर्च १८ करोड बचत हुन सक्ने संगठनको प्रक्षेपण छ ।

भन्सार यार्डसम्म कार्गो रेल सुरु भएपछि भन्सारको राजस्व असुलीमा पनि सुधार हुने विराटनगर भन्सार प्रमुख ज्ञानन्द्र ढकालको विश्वास छ । यो सेवाले निरन्तरता पाए उद्योगी र भन्सार दुवैलाई लाभ हुने उनले बताए । चालु वर्ष ६० अर्ब ३ करोड राजस्व असुली लक्ष्य राखेको विराटनगर भन्सारले जेठको दोस्रो सातासम्म ५६ दशमलव २ प्रतिशत मात्र उठाएको छ । ‘कार्गो रेल सेवापछि ढुवानी खर्च र समयको बचत हुने भएकाले अन्य नाकाभन्दा यहाँबाट कारोबार गर्नेको संख्या थपिएर राजस्व बढ्नेछ,’ ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...